५ भदाै, काठमाडाैँ । निर्वाचानको समयमा सामाजिक सञ्जाल प्रयोगमा ध्यान दिनुपर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपालियाले बताएका छन्। उनले सामाजिक सञ्जाल सञ्चालन रोक्न नसकिने बताउँदै नकारात्मक पक्षको बारेमा ध्यान दिनुपर्ने बताएका हुन्।
“निर्वाचनमा सामाजिक सञ्जाललाई नाइँ पनि भन्न नसकिने रहेछ, हाई पनि भन्न मनले नमान्दो रहेछ,” उनले भनेका छन्।
आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुने घोषणा भइसकेको छ। यसकै सन्दर्भमा आइतबार अन्तरक्रिया गरिएको थियो।