५ भदाै, एजेन्सी। उडिरहेको विमानमा इन्धन सकिएपछि विमान सडकमा नै खसेको छ। फ्लोरिडाको ओर्लान्डोमा इन्धन सकिएपछि एक पाइलट दुर्घटनाबाट जोगिएका छन्।
अमेरिकामा लाइट प्लेन आकाशबाट खसेपछि गइरहेको कारमा सवार एक व्यक्तिले भिडियो खिचिरहेका थिए।
विमानको अग्र भाग व्यस्त सडकमा जोतिएर सडकमा रोकिएको थियो।
पाइलटले स्वीकार गरेका छन् कि उनी विमानको दोषपूर्ण रेडियो ठीक गर्न धेरै व्यस्त थिए। सोही कारण उनले विमानमा इन्धन सकिएको याद नै गरेनन्।