Trending:

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ – प्रविधिमन्त्री रेखा शर्मा नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ: रेखा शर्मा आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने
अपडेट

यस्ता छन् पासवर्ड सुरक्षित राख्ने तरिकाहरु

६ भाद्र २०७९, सोमबार १६:४३

६ भदाै, काठमाडाैँ। गुगलदेखि फेसबुकसम्म, जुमदेखि युट्युबसम्म हाम्रो डाटा र व्यक्तिगत जानकारीहरु लुकेका हुन्छन्। त्यसलाई अरुबाट बचाएर राख्नको लागि पासवर्ड दिईइको हुन्छ। तर कति व्यक्तिले सहि रुपमा पासवर्ड नराखेर आफ्नो अकाउन्ट गुमाउन पर्दछ।

सहि पासवर्ड हुनु अहिलेको समयमा एकदमै आवश्यक छ। ह्याकरहरू दिनरात नयाँ नयाँ प्रविधि र तरिका प्रयोग गरेर हाम्रो पासवर्ड खोज्न प्रयास गर्दछन्। त्यसकारण पनि अहिले एकदमै सतर्क बहेरा आफ्नो पासवर्ड बचाउनु आवश्यक बनेको छ।

आज हामी पासवर्ड राख्दा गर्न हुने र नहुने कुराहरु बारे छलफल गर्छौ।

दुई-कारक प्रमाणीकरण प्रयोग गर्ने (Two-factor authentication)

पासवर्ड मात्र प्रयोग गर्नु भनेको वेबसाइटमा आफूलाई प्रमाणित गर्ने सुरक्षित तरिका होइन। त्यस कारण पनि दुइ-कारक प्रमाणीकरणको बारेमा बुझ्नु आवश्यक छ।

यो तरिकाबाट तपाईँले आफ्नो प्रयोगकर्ता नाम र पासवर्डको साथमा आफ्नो नम्बरको जानकारी दिनु पर्ने हुन्छ। यसले गर्दा तपाइँ नै यसमा लग इन गर्दै हुनुहुन्छ भनि प्रमाणित गर्न दिईइको नम्बरमा टेक्स्ट म्यासेज प्राप्त गर्न सक्नुहुनेछ। यसले अझै बलियो तरिकाले तपाइको खाताहरु सुरक्षित राख्दछ।

यो पठाईएको नम्बर हरेक पटक फरक हुने हुदा जबसम्म कसैले तपाईंको पासवर्ड जान्दैन र तपाईंको फोन हुँदैन तबसम्म उनीहरूले तपाईंको खातामा पहुँच प्राप्त गर्न सक्दैनन्।

यो तरिकाले पासवर्डभन्दा पनि धेरै सुरक्षित बनाउदछ।

सबै वेबसाइटमा एउटै पासवर्ड प्रयोग नगर्ने

हामीले प्रायजसो सबैतिर खाता बनाउदा भिन्न भिन्न पासवर्ड राख्नु भन्दा सबैतिर उही पासवर्ड राखे सजिलो भइहाल्छ नि भनि सोच्दछौ। तर यस्तो गर्नु एकदम असुरक्षित हुन्छ।

केहि गरेर ह्याकरले एउटा साइटमा तपाइको प्रयोगकर्ता नाम र पासवर्ड थाहा पाउन सक्दछ। यदि तपाइले सबै तिर उही पासवर्ड राख्नु भएको छ भने तिनीहरूसँग धेरै साइटहरूको लागि तपाईंको प्रयोगकर्ता नाम र पासवर्ड हुनेछ।

विशेष गरेर तपाईंले अनलाइन बैंकिंग प्रयोग गर्दा धेरै लगनशील र धेरै सचेत हुन आवश्यक छ।

आफ्नो पासवर्ड अरुलाई नदिने

अहिलेको डिजिटल संसारमा तपाइको पासवर्ड भनेको तपाइको सम्पत्ति जस्तै हो। यसलाई झुक्किएर पनि अरु कसैलाई दिनु हुदैन। चाहे त्यो तपाइको परिवार होस् वा साथिभाइ नै किन नहुन्, तपाइको पासवर्ड केवल तपाइँसँग नै सिमित हुनु पर्दछ।

अक्षर र नम्बर सहित १५ देखि २० क्यारेक्टर भएको पासवर्ड राख्ने

तपाइको जीवनसँग सम्बन्धित कुनै पनि विशेष जानकारी तपाइको पासवर्डमा हुनुहुदैन। जन्म मिति, परिवारको सदस्यको नाम, पाल्तु जनावरको नाम, विशेष दिनहरु, आदि जस्ता कुराहरुलाई तपाइले झुक्किएर पनि आफ्नो पासवर्डमा राख्नु हुदैन।

त्यसै गरि कुनै पनि भएको शब्दलाई जुन सब्दाकोशमा भेटिने सम्भावना हुन्छ, त्यसको सब्दहरुलाई सकेसम्म आफ्नो पासवर्डबाट निषेद गर्नु पर्छ।

अक्षर र संख्या दुवै सहित कुनै क्यारेक्टरलाई प्रयोग गर्ने प्रयास गर्नुहोस्। हुन सक्छ तपाईंको मनपर्ने फुटबल टोलीमा खेलाडीहरूको नामको पहिलो अक्षर प्रयोग गर्नुहोस् वा तपाईंले स्कूलमा सिकेको गीतको कुनै लाइन हुन्छ, सबै कुराहरु मिसाएर एउटा लामो दह्रो पासवर्ड बनाउन आवश्यक छ।

पासवर्ड सकेसम्म १५ वा २० क्यारेक्टरहरू सम्म राख्दा राम्रो हुन्छ। केहि सम्भावित पासवर्डहरु यस्ता छन्:

rZy-0g5&ho3@TT

h0^^Ud01&@-)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?