Trending:

बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ?
अपडेट

कर्णालीमा चार्जिङ स्टेशन निर्माण गर्न विस्तृत सम्भाव्यता अध्ययन सुरू

कर्णालीमा चार्जिङ स्टेशन निर्माण गर्न विस्तृत सम्भाव्यता अध्ययन सुरू
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

६ भदाै, सुर्खेत । विद्युतबाट यातायातका साधनहरू सञ्चालन गर्नका लागि कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले अध्ययन सुरु गर्न लागेको छ । मन्त्रालयले आर्थिक वर्ष २०७९–८० मा बजेट बिनियोजन गरी चार्जिङ स्टेशन निर्माण गर्न सम्भाव्यता अध्ययन गरी गर्न लागेको हो ।

प्रदेश सरकार स्थापनासँगै भर्खरै मात्र नयाँ स्थापना भएको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले यातायातका साधनहरू प्रेटोलियम पदार्थबाट सञ्चालनभन्दा पनि विद्युतीय माध्यमबाट चार्जिङ गरी सञ्चालनमा ल्याउन यो पहल गरिएको योजना महाशाखा प्रमुख गोपाल शर्माले जानकारी दिए । कोहलपुरदेखि सुर्खेतसम्म १३२ केभी विद्युत् प्रशारण लाइन निर्माण कार्य तिव्र रहेको अवस्थामा यत्ता मन्त्रालयले चार्जिङ स्टेशन निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गर्न लागेको छ ।

प्रदेश राजधानी सुर्खेतमा यातायात साधनहरुको चाप बढ्दै जाँदा प्रेटोलिय पदार्थको माग समेत भारी मात्रामा माग हुँदै आएको छ । तेलबाट चल्ने यातायातका साधनहरुको चाप बढ्दै जाँदा विद्युतीय सवारी साधनहरुको संख्या बृद्धी गर्न मन्त्रालयले यो कदम चालेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए ।

सम्भाव्यता अध्ययन पूरा हुन वित्तिकै स्टेशन निर्माण हुनेछ । ठाउँ ,ठाउँमा हुने सम्भाव्यता अध्ययनले कति वटा कुन ठाउँमा चार्जिङ स्टेशन निर्माण गर्दा उपयुक्त हुन्छ भन्ने फाइनल प्रतिवेदन आएपछि निर्माणको काम सुरु हुने मन्त्री सिंहले बताए ।

मन्त्रालयले कर्णालीका अधिकांश ठाउँमा साना तथा लघु जलविद्युत् आयोजना निर्माण हुनुका साथै मर्मत कार्य जारी रहेको सन्दर्भमा केन्द्रीय प्रशारण लाइन विस्तारलाइ पनि तिव्रता दिएको छ । अहिले ३३ केभी प्रशारण लाइन चालु अवस्थामा रहेको छ । सुर्खेतमा मात्र तीन ठाउँबाट विद्युतीकरण गर्नका लागि काम सुरु भएको मन्त्री सिंहले जानकारी दिए ।

कोहलपुर छिन्चु हुदै जाजरकोट डोल्पा सडक खण्ड, छिन्चु, सुर्खेत दैलेख हुँदै कालिकोट जुम्ला रारा सडक चालु अवस्थामा रहेका छन् । त्यस्तै दाङ सल्यान हुँदै रुकुम पश्चिम जोड्ने सडकसमेत सञ्चालनमा रहेको छ । सवारी साधनको चापको अवस्था हेरेर स्टेशन निर्माणको काम गर्ने मन्त्रालयको लक्ष्य रहेको छ ।

केन्द्र सरकारले समेत चार्जिङ स्टेशन निर्माण कार्य जारी राखेको अवस्थामा प्रदेश सरकारले पनि सो कुरालाइ ध्यान दिएर योजनामुखी भएर काम सुरु गर्न लागेको मन्त्रालयका सचिव देवराज निरौलाले जानकारी दिए । कर्णाली प्रदेशमा ठुला विद्युतका आयोजनाहरु समेत निर्माण कार्य सुरु गर्न लाग्दा चार्जिङ स्टेशन निर्माणको योजनाले सफलता पाउने विश्वास लिएको मन्त्री सिंहले बताए ।

जगदुल्ला जलविद्युत आयोजना (१०६ मेगावाट), नलगाड जलविद्युत् आयोजना ( ३१७ मेगावाट), ताक्सुगाड जलविद्युत आयोजना ( ६ मेगावाट) , रारा जलविद्युत आयोजना , लगायतका अन्य आधा दर्जन योजनाहरु निर्माण चरणमै रहेका छन् । प्रदेशमा पहिचान भएका २० मेगावाटसम्मका जलविद्युत् आयोजनाहरुको स्क्रिनिङ, श्रेणीकरण गरी निर्माणको प्रक्रिया अघि बढाउने कार्य मन्त्रालयले अंगीकार गरेको छ ।

विद्युत् विकास कम्पनी स्थापना तथा जलविद्युत् नविकरणीय ऊर्जा लगायतका अन्य योजनाहरूको विस्तृत अध्ययन तथा सर्वेक्षण गर्नका लागि बजेट विनियोजना गरी यसै आर्थिक वर्षमा काम सुरु हुन लागेको छ । त्यस्तै पीपीपी मोडलमा सौर्य ऊर्जा जडान कार्यसमेत मन्त्रालयले गर्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?