७ भदाै, काठमाडाैँ । तपाईँ यदि कलेजमा हुनुहुन्छ वा काम गर्नु हुन्छ भने तपाइले एक न एक पटक त लिंक्डइन (LinkedIn) को बारेमा सुन्नु भएकै होला। यदि तपाईँ लिंक्डइनसँग परिचित हुनुहुन्न वा यसलाई कसरी वा किन प्रयोग गर्ने भनेर अनविज्ञ हुनुहुन्छ भने पनि अब हामी त्यसको बारेमा चर्चा गर्नेछौँ।
लिंक्डइन व्यवसाय र व्यवसायीका लागि फेसबुक जस्तै हो। तपाइले साथी भाइहरूले दैनिक जीवनमा के गर्दै छन् भनेर फेसबुक हेर्नु हुन्छ भने लिंक्डइनमा तपाइले ती सबैले व्यावसायिक रूपमा, अध्ययन रूपमा वा जागिरको रूपमा के कस्तो गर्दै छन् त भनी थाहा पाउनु हुन्छ।
तपाईँलाई लिंक्डइनले तपाइको काम गर्ने साथीहरू र पुराना सहकर्मीहरूसँग जडान गर्न अनुमति दिन्छ र तपाईँ देख्न सक्नुहुन्छ कि तिनीहरू कहाँ काम गर्छन् र तिनीहरू कहाँ छन् भनी।
लिंक्डइन तपाईँको अनलाइन व्यक्तिगत विवरण वा सीभी (CV) हो जसले तपाईँको क्षमता र गरेका उपलब्धिहरू प्रदर्शन गर्दछ।
लिंक्डइन प्रयोग गर्नुका फाइदाहरू :
सम्बन्ध बनाउने
लिंक्डइनद्वारा तपाइले नयाँ सम्बन्धहरू बनाउने अवसर पाउनु हुन्छ। त्यसका साथै भएका पुराना चिनजानका व्यक्तिहरूसँग पनि जोडिन पाउनु हुन्छ। लिंक्डइनबाट तपाइले सबैको नयाँ काम र उपलब्धि थाहा पाउनुको साथै बधाई दिन पनि पाउनु भयो।
ठुलो सञ्जालको निर्माण
तपाईँको सञ्जाललाई उल्लेखनीय रूपमा विस्तार गर्न लिंक्डइनले सहयोग पुर्याउन सक्दछ। यदि तपाइले कुनै क्षेत्रको विशेष विज्ञहरूलाई आफ्नो सञ्जाल र कार्यक्रममा समावेश गर्छु भन्ने हो भने पनि सबै यही भेटिन्छन्।
त्यसैमाथि कसको कस्तो सिप र कला छ भनी बुझ्न पनि मौका पाउनु हुनेछ। यसरी बनेका सञ्जालको समूहहरूमा सामेल भएर तपाइले विभिन्न विषयहरूमा छलफल गरेर अधिक कामका अवसरहरू सिर्जना गर्न गर्नु हुनेछ।
अनुभव प्रदर्शन
तपाईँले लिंक्डइनमा आफ्नो कार्य अनुभव प्रदर्शन गर्न सक्नु हुनेछ। कुनै कम्पनीमा इन्टर्नसिप होस् वा जागिर देखि स्वयम सेवा, सबैको जानकारी तपाइको आफ्नो प्रोफाइलमा देख्न सकिन्छ।
त्यसैमाथि तपाईँको कार्य उपलब्धिहरूलाई प्रतिक्रिया दिन तपाईँको काम सहकर्मीहरू र ग्राहकहरू पनि त्यहीँ हुन्छन्।
सिप अनुसारको जागिर
यहाँ लिंक्डइनमा सबै कम्पनीहरू उपलब्ध हुन्छन्। तिनीहरूले आवश्यक जागिरको लागि सकेसम्म लिंक्डइन मै जागिर खुलाउँछन्। यसले गर्दा उनीहरूले आवेदकको सिप र पहिलेको काम हेर्न सक्दछन्।
तपाइले पनि सिधै लिंक्डइनबाट कामलाई आवेदन दिँदा आफ्नो सिप र क्षमता लिंक्डइन प्रोफाइलद्वारा देखाउन सक्नु हुनेछ।