७ भदौ, काठमाडौँ । यदि तपाईँ कुनै स्टार्टअप सुरु गर्ने सोचमा हुनुहुन्छ भने त्यसको लागि एउटा विचार मात्र भएर पर्याप्त हुँदैन। स्टार्टअप सुरु गर्नुको लागि विचारलाई उत्पादनसम्मको यात्रामा पुर्याउनु आवश्यक छ।
यसको लागि सुरुमा कस्तो प्रकारको एमभिपि बनाउने भन्ने पनि बुझ्न पर्दछ। आवश्यक उपकरण बनाउन न्यूनतम उत्पादनको निर्माण गर्नु भनेकै एमभिपि (MVP) हो।
त्यस पश्चात् भने एउटा ल्यान्डिङ पेज पनि आवश्यक हुन्छ। ल्यान्डिङ पेजले तपाइको स्टार्टअप कस्तो प्रकारको हो, यसले के सुविधा दिन्छ र कसरी त्यो टिमसँग सम्पर्कमा रहन सकिन्छ भनी भन्दछ।
ल्यान्डिङ पेज नयाँ विचारहरू परीक्षण गर्न र उत्पादन विकास प्रक्रियाको प्रारम्भिक चरणमा सम्भावित ग्राहकहरूबाट बहुमूल्य प्रतिक्रिया सङ्कलन गर्न कम-प्रयास तर उच्च प्रभाव दिने उपकरण हो।
ल्यान्डिङ पेज के हो?
ल्यान्डिङ पेज एउटा यस्तो वेब पेज हो जुन विशेष गरी नयाँ युजरको लागि सही गन्तव्य देखाउने रूपमा सिर्जना गरिएको हुन्छ। यसले इमेल, सोसल मिडिया प्लेटफर्म, त्यहाँ भएका क्रियाकलाप, दिने सेवाहरूबारे लिङ्क क्लिक प्रदान गर्दछ।
ल्यान्डिङ पेजमा अनावश्यक जानकारी र विशेषताहरू राखिँदैन। यसमा त्यस कम्पनीको मुख्य काम, उद्देश्य र सेवाबारे मात्र जानकारी सीमित हुन्छ।
किन आवश्यक छ ल्यान्डिङ पेज?
कुनै पनि स्टार्टअपको लागि सुरुवाती दिनमा धेरै लगानीबाट बनेको वेबसाइट भन्दा एउटा साधारण ल्यान्डिङ पेज बढी प्रभावकारी हुन्छ। समयको बचत। कम साधनको प्रयोग। कम लागत। कम जोखिम। बढी पहुँच।
ल्यान्डिङ पेजको साथ स्टार्टअपले यसको व्यापार मोडेललाई प्रमाणित गर्न सक्दछ। त्यसका साथै यसको मदतले माग उत्पन्न गर्न सक्छ, र कम लागतको इकोसिस्टममा बिक्री सक्रिय गर्न सक्दछ।
यो हुनु नै सुरुका दिनमा स्टार्टअपको लागि ठुलो उपलब्धि सरह हो। यसमा विकासकर्ताको कौशल, नगद लगानी वा अग्रिम पुँजीको आवश्यकता पर्दैन।
यसले थोरै मेहनत मै आवश्यक धेरै फाइदा दिने हुँदा ल्यान्डिङ पेज कुनै पनि स्टार्टअपको लागि एकदम आवश्यक आधारभूत जस्तै मान्न सकिन्छ।