७ भदाै, एजेन्सी। उत्पादनमा समस्या देखिएपछि हुन्डाइका ५ हजारभन्दा बढी कारहरू फिर्ता गर्न अनुरोध गरिएको छ। दुर्घटना हुने र गम्भीर चोटपटक लाग्न सक्ने भन्दै कम्पनीले गाडीहरू फिर्ता बोलाएको हो।
यस हप्ता अष्ट्रेलियाको पूर्वाधार, यातायात, क्षेत्रीय विकास र सञ्चार मन्त्रालयले 5,211 2020-2022 Hyundai i30 sedans (CN7) फिर्ता बोलाएको हो।
‘उत्पादन समस्याको कारण, दुर्घटनाको समयमा सिट बेल्ट प्रि-टेन्सन इन्फ्लेटर भाँचिन सक्छ।’ मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ। ‘यदि सिट बेल्ट प्रि-टेन्सन इन्फ्लेटर भाँचियो भने, धातुका टुक्राहरू तीव्र गतिमा सवारी साधनमा सवार व्यक्तिहरूतर्फ धकेलिएर गम्भीर चोटपटक लाग्न सक्छ।’
प्रभावित सवारी साधनका मालिकहरूलाई हुन्डाई मोटर कम्पनी अष्ट्रेलियाले लिखित रूपमा सम्पर्क गर्नेछ। उनीहरूलाई सहज हुने अधिकृत हुन्डाई डिलरशिपसँग नि:शुल्क कम्पोनेन्ट निरीक्षण र सुधार गर्न अपोइन्टमेन्ट लिन अनुरोध पनि गरिएको छ।
समस्या देखिएका गाडीहरूको बारेमा यहाँ क्लिक गरेर पूरा जानकारी लिन सकिनेछ।
अष्ट्रेलियामा रहेका व्यक्तिहरूले 1800 186 306 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नेछन्।