७ भदाै, एजेन्सी। संसारको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली स्पेस टेलिस्कोपले बृहस्पतिको अभूतपूर्व दृश्यहरू सार्वजनिक गरेको छ। जेम्स वेब स्पेस टेलिस्कोप (JWST) ले जुलाईमा सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रहको तस्बिर लिएको हो।
तस्बिरहरूमा अरोरास, विशाल आँधीबेहरी, चन्द्रमा र बृहस्पति वरिपरिको घेराहरू विस्तारमा देखिएका छन्। जसलाई खगोलविद्हरूले अविश्वसनीय भनेर वर्णन गरेका छन्।
‘हामीले बृहस्पतिलाई यस्तो कहिल्यै देखेका छैनौं। यो सबै एकदम अविश्वसनीय छ। हामीले वास्तवमै यो राम्रो हुने अपेक्षा गरेका थिएनौं।’, क्यालिफोर्निया विश्वविद्यालयका ग्रह खगोलविद् इम्के डे पाटरले भनिन्, जसले यस परियोजनामा मुख्य भूमिका खेलेका थिइन्।
१० अर्ब डलरको लागतमा सञ्चालित JWST अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको नेतृत्वमा युरोपेली अन्तरिक्ष एजेन्सी र क्यानाडाको अन्तरिक्ष एजेन्सीका साझेदारहरूसँग अन्तर्राष्ट्रिय मिसन हो।
नासाले टेलिस्कोपबाट धेरै तस्बिरहरूको कम्पोजिटबाट सिर्जना गरिएको बृहस्पतिको स्ट्यान्डअलोन दृश्यमा अरोराहरू बृहस्पतिको उत्तरी र दक्षिणी ध्रुवहरू माथि उच्च उचाइमा विस्तार भएको बताएको छ।
JWST डिसेम्बर २०२१ मा सुरु गरिएको थियो। यसलाई हाल पृथ्वीबाट लगभग १० लाख माइल टाढा राखिएको छ। यसले बिग ब्याङ्गको केही क्षणपछि पृथ्वीतर्फ १३ अर्ब वर्ष अघि यात्रा सुरु गरेको प्रकाश पत्ता लगाउन सक्ने दाबी गरिएको छ।
प्रसिद्ध हबल टेलिस्कोपको उत्तराधिकारीको रूपमा हेरिएको JWST कम्तिमा अर्को २० वर्षको लागि खोजको लागि एक प्रमुख शक्ति हुने अपेक्षा गरिएको छ।