Trending:

बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ?
अपडेट

जोखिम बढाउँदै ‘रिसाइकल’सिम, सामाजिक सञ्जालदेखि बैङ्क खातासम्म जोखिममा

जोखिम बढाउँदै ‘रिसाइकल’सिम, सामाजिक सञ्जालदेखि बैङ्क खातासम्म जोखिममा
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 4 मिनेट

७ भदाै, काठमाडाैँ । सात वर्षअघि इलामका विशाल दाहालले लिएको नेपाल टेलिकमको पोस्टपेड सिमकार्डको नम्बर एक वर्ष नेपालबाहिर रहँदा टेलिकमले अरूलाई नै बेचिदियो । त्यसैले गर्दा उनि अहिले तनावमा छन् ।

सुरक्षाका लागि फेसबुक र इन्स्टाग्राम एकाउन्टमा सोही नम्बर राखिएकोमा त्यसैबाट बारम्बार लगइन प्रयास भइरहेको उनको गुनासो छ । दाहालका आफन्तलाई पनि त्यही नम्बरबाट अनावश्यक फोन गइरहेको छ । बैङ्क खातामा त्यही नम्बर राखिएकाले कारोबारपछिको एसएमएस पनि त्यसैमा गइरहेको छ । दाहालका यस्ता गोप्य विवरणमा अहिले अपरिचित व्यक्तिको स्वतः पहुँच बनेको छ ।

काठमाडौँका समीर सिंह कपालीले एनसेलको नम्बर राखेर खोलेको फेसबुकमा पछि आफँैले पहुँच पाएनन् । एक वर्षसम्म रिचार्ज नगरेपछि उक्त नम्बर अरूलाई नै बिक्री भएको उनले त्यतिबेला थाहा पाए । आफ्नो पहिलेको फेसबुक प्रयोग गर्न वन टाइम पासवर्ड(ओटीपी)का लागि गरेको प्रयास असफल भएपछि मात्र उनले यो थाहा पाए ।

काठमाडौँकै अतुलराज पाण्डेले एनसेलको सिम प्रयोग गरेर खोलेको ईसेवा एकाउन्टमा पनि उहाँको पहुँच छैन । आफ्नो सिमकार्ड अरूले नै प्रयोग गरेको थाहा पाएपछि तत्कालै उनले बैङ्कमा सम्पर्क गरेर उक्त नम्बरसँग खातालिङ्क नगरिदिन आग्रह गरे तर ईसेवामा आफूले राखेका व्यक्तिगत विवरणमा अहिले पनि अरू कसैले पहुँच पुर्याउँछ कि भन्ने डर उनलाई अझै छ ।

एक वर्षसम्म निष्क्रिय सिमकार्ड रिसाइकल गरेर पुनः प्रयोगमा ल्याउँदा निम्तिएका जोखिमका उदाहरण हुन् यी । दूरसञ्चार सेवाप्रदायकहरूले सिमकार्ड रिसाइकल गरेर बिक्री गर्दा अहिले हजारौँ प्रयोगकर्ता त्यसको जोखिममा छन् । त्यतिमात्र हैन रिसाइकल गरेर प्रयोगमा ल्याइएका सिमकार्ड खरिद गर्नेले पनि उत्तिकै हैरानी खेप्नु परेको छ । पहिलेकै व्यक्तिका नाममा बैङ्कले पठाउने जन्मदिनको शुभकामनासहितका एसएमएस, आफन्तका फोन र विभिन्न किसिमका सन्देशले नयाँ प्रयोगकर्ताले पनि अनावश्यक झन्झट बेहोर्नु परेको छ ।

व्यक्तिगत गोपनीयतासँग सम्बन्धित अति संवेदनशील सूचनासँग सजिलै पहुँच पु-याइदिने माध्यम बनेको छ, नियामक नेपाल दूरसञ्चार प्राधिकरणको नीति । छ महिनासम्म प्रयोगमा नआएका सिमकार्ड निष्क्रिय बनाउन सकिने र त्यसलाई एक वर्षपछि सेवाप्रदायकले ‘रिसाइकल’ गरेर बिक्री गर्न पाउने प्राधिकरणको नीतिको नकारात्मक असर यतिबेला प्रयोगकर्ताले बेहोरिरहनु परेको छ ।

पछिल्लो समय पासपोर्ट, नागरिकता, राष्ट्रिय परिचयपत्र, नागरिक एपजस्ता संवेदनशील सरकारी परिचयपत्रमा मोबाइल नम्बर नै अनिवार्य गरिएकाले पनि यसरी एक वर्षपछि नै बिक्री गर्न पाइने नीतिले झन् ठूलो जोखिम हुनसक्ने प्रयोगकर्ताको भनाइ छ । ‘यस्तो व्यवस्थाले त भोलि पासपोर्ट, परिचयपत्रजस्ता व्यक्तिका महìवपूर्ण कागजातमा पनि अरू कसैले सजिलै पहुँच पाउने स्थिति बन्ने अवस्था आउँछ’ दाहालले भने ।

अधिवक्ता प्रवीण सुवेदी पनि व्यक्तिगत गोपनीयतासँग जोडिएको विषय भएकाले यसरी सिमकार्ड बिक्री गर्नुपूर्व जानकारी गराउनुपर्ने बताउँछन् । ‘रिसाइकल हुने समय पुगेका सिमकार्डको नम्बर सार्वजनिक सूचना जारी गरेर जानकारी गराउने व्यवस्था भयो भनेँ अहिले देखिएका समस्या समाधान हुन सक्छन् र यसको दोष सेवाप्रदायकलाई पनि हुँदैन’ उनले भने ।

नेपाल दूरसञ्चार प्राधिकरणले २०७१ चैत २ गते छ महिनासम्म प्रयोगविहीन सिमकार्डलाई सेवाप्रदायकले निष्क्रिय गर्न सक्ने व्यवस्था गरेको थियो । पछि २०७७ भदौमा उक्त व्यवस्थामा थप परिमार्जन गर्दै एक वर्षसम्म निष्क्रिय सिमकार्ड बेच्न नपाइने र सो समय पुगेपछि भने सेवाप्रदायकले बेच्न सक्ने व्यवस्था गरिएको थियो । प्राधिकरणको यही व्यवस्थाको प्रयोग गर्दै सिमकार्ड बिक्री गरिएको सेवाप्रदायकहरू बताउँछन् ।

नियामकले गरेको व्यवस्थाअनुसार नै सिमकार्डलाई पुनः प्रयोगमा ल्याइएको नेपाल टेलिकमका प्रवक्ता सोभन अधिकारीले बताए । ‘एक वर्षसम्म प्रयोगकर्ताले सिमकार्ड प्रयोग नगरेपछि अरू नै विकल्पमा गएको बुझिन्छ’ उनले भने ‘नम्बर आफैँमा सीमित स्रोत पनि भएकाले यसको अधिक प्रयोग गराउने सोचअनुसार रिसाइकल गरिएको हुन्छ ।’

नेपाल टेलिकमको सन्दर्भमा पोस्टपेड सिमकार्डमा बढी समस्या देखिएका छन् । पोस्टपेड सिमको क्रेडिट अवधि एक वर्षको मात्र हुने भएकाले ब्यालेन्स शून्य भएको दिनदेखि एक वर्षपछि उक्त सिमकार्ड टेलिकमले बिक्री गर्छ तर प्री–पेड सिमकार्डको हकमा भने क्रेडिट अवधि दुई वर्षसम्म हुने गर्छ । टेलिकमका प्रवक्ता अधिकारी नियामकले अहिलेको व्यवस्थामा कुनै परिवर्तन ल्याए त्यसैअनुसार गर्न तयार रहेको बताउँछन् ।

एनसेलले पनि पुनः सिम बेच्ने प्रचलनलाई नियामकको व्यवस्थाअनुसार नै उपयोग गरेको बताएको छ । गोरखापत्रसँगको इमेल संवादमा एनसेलले अहिले देखिएको समस्यालाई समाधान गर्न सिमकार्ड प्रयोग नभए पनि मुख्य ब्यालेन्स छ भने हजार दिनसम्म सिमकार्डको अवधि बढाउन सक्ने सुविधा उपलब्ध गराएको जनाएको छ । यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनु पछाडि नियामकको भने बेग्लै तर्क छ । इन्टरनेट अफथिङ्स(आईओटी) र मसिन टु मसिन(एमटूएम) कम्युनिकेसन्सनका लागि समेत सिम नम्बर व्यवस्था गर्नुपर्ने भएकाले नम्बर कम हुँदा उपलब्ध नम्बरलाई नै व्यवस्थापन गर्न यस्तो व्यवस्था गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल बताउँछन् ।

‘अहिले समस्या देखियो भनेर नयाँ नम्बर जारी गर्नु पनि यसको समाधान होइन’ उनले भने । प्रयोगकर्ताका गुनासो बढेपछि छ महिनालाई एक वर्ष बनाइएको र अहिले पनि उस्तै समस्या देखिएकाले सिमकार्ड रिसाइकल गर्न पाउने समय बढाउनु यसको समाधान नहुने उनको भनाइ छ । सिमकार्ड रिसाइकल अन्तर्राष्ट्रिय अभ्यास भएकाले नेपालमा पनि प्रचलित व्यवस्था नै लागू गरिएको उहाँ बताउँछन् । सिमकार्ड परिवर्तन गर्दा अथवा लामो समय नचलाउने

अवस्था छ भने उक्त नम्बरसँग एकाउन्टहरू नजोड्नु उपयुक्त हुने उनको सुझाव छ । यस्तो व्यवस्थाका कारण कुनै समय सबै नम्बर प्रयोग (क्लिन) हुने र यस्ता समस्या क्रमशः घट्दै जाने उनि बताउँछन् ।

लाखौँ सिमकार्ड रिसाइकल

दूरसञ्चार सेवाप्रदायकहरूले अहिलेसम्म लाखौँ सिमकार्ड रिसाइकल गरेर त्यसलाई पुनः बिक्री गरेका छन् । जसका कारण केही समय पहिले नेपाल टेलिकम र एनसेलका ग्राहक सङ्ख्या लाखौँले घटेका थिए । तथ्याङ्कमा ग्राहक घटे पनि वास्तवमा त्यो निष्क्रिय सिमकार्डको गणना नहुँदा कम देखिएको थियो । त्यस्ता निष्क्रिय लाखौँ सिमकार्डलाई बिक्री गरेर अहिले दुवै कम्पनीले आफ्नो ग्राहक आधार बलियो बनाएका छन् । पछिल्लो तथ्याङ्क अनुसार टेलिकमले दुई करोड १७ लाख ४७ हजार सिमकार्ड बिक्री गरेको छ । त्यस्तै एनसेलले एक करोड ६८ लाख ३१ हजार सिमकार्ड बिक्री गरेको छ ।

यसरी बच्न सकिन्छ

मोबाइल नम्बर अहिले व्यक्तिगत विवरण, परिचयपत्र र कारोबारमा पनि प्रयोग हुने भएकाले यसको सुरक्षा निकै महत्वपूर्ण हुन्छ । एक वर्षपछि निष्क्रिय सिमकार्ड बेच्न पाउने नीतिले मोबाइल नम्बरको दुरुपयोग हुने सम्भावना देखाउँछ । यस्तो अवस्थामा कारोबारका लागि मोबाइल नम्बर प्रयोग भएको छ भने बैङ्क तथा भुक्तानी सेवाप्रदायकसँग त्यसलाई ‘अनलिङ्क’ गर्नु सुरक्षित उपाय हो । त्यस्तै सरकारी परिचयपत्रमा त्यसको प्रयोग भएको छ भने आफूले प्रयोग गर्ने नयाँ नम्बर त्यसमा अपडेट गर्न बिर्सनु हुँदैन । सामाजिक सञ्जालहरूमा पनि प्रयोग गरिएको छ भने पुरानो नम्बरलाई सुरक्षाका लागि प्रयोग गर्नु हुँदैन । त्यस्तै आफ्नो पहिलेको नम्बर अरूले नै प्रयोग गरेको जानकारी भएमा आफ्ना आफन्तहरूलाई त्यस्तो नम्बरबाट आउने कलबाट सजग गराउनुपर्छ । सिमकार्ड लामो समयसम्म प्रयोग नहुने अवस्थामा ब्यालेन्स राखेर त्यसको अवधि बढाउन सकिने विकल्प हुन्छ । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?