Trending:

महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक
अपडेट

कुन ग्राफिक्स कार्ड तपाइको लागि ठिक छ त?

कुन ग्राफिक्स कार्ड तपाइको लागि ठिक छ त?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

८ भदाै, काठमाडाैँ । कम्प्युटरको राम्रो प्रस्तुतिको ग्राफिक्स कार्ड एउटा महत्त्वपूर्ण निर्णायक कारक हो। अझ अहिलेको समयमा जब हामी हाम्रो धेरै समय गेम खेल्ने, भिडियो बनाउने, हेबी ग्राफिक्स भएको कुराहरू उपभोग गर्ने समयमा हाम्रो अनुभवलाई अझै सम्झन लायक बनाउने ग्राफिक्स कार्ड नै हो।

ग्राफिक्स कार्डमा पनि दुई प्रकारका ग्राफिक्स कार्डहरू भेटिन्छन्। समर्पित ग्राफिक्स कार्ड र एकीकृत ग्राफिक्स कार्ड यसका दुई प्रकार हुन्। एकीकृत ग्राफिक्स कार्ड कम्प्युटर मै जोडिएर आएको हुन्छ। समर्पित ग्राफिक्स कार्ड भने छुट्टै खरिद गरेर राख्न मिल्छ।

यसरी यी दुई प्रकारका कार्डले हाम्रो कम्प्युटरको प्रस्तुतिलाई असर गर्दछ। आज हामी यसका फाइदा र बेफाइदाहरू बारे चर्चा गर्ने छौ।

एकीकृत ग्राफिक्स कार्डका फाइदा:

यसले समर्पित ग्राफिक्स कार्डभन्दा कम शक्ति खपत गर्छ।

यसले कम पावर खपत गर्ने हुँदा कम गर्मी उत्पन्न गर्छ।

यसमा आन्तरिक गर्मी व्यवस्थापन र कुलिङ प्रणाली स्थापना गर्न केही विकल्पहरू हुन्छन्।

यो सिपियुसँगै जोडिएर आउने हुँदा यसको खर्च धेरै लाग्दैन। यसले गर्दा ल्यापटपको मूल्यसम्म कम पर्न जान्छ।

बेफाइदा :

एकीकृत ग्राफिक्स प्रोसेसरको एक मुख्य कमी यो हो कि तिनीहरूलाई हटाउन सकिँदैन जसले गर्दा यसलाई अपग्रेड गर्न पनि सकिँदैन। प्रयोगकर्ताहरूले यदि ग्राफिक्स प्रोसेसिङ क्षमताहरू अपग्रेड गर्न चाहन्छन् भने उनीहरूले सम्पूर्ण चिप नै फेर्न आवश्यक छ।

उच्च-रेजोल्युसन डिस्प्ले प्रयोग गरेर बनेका उच्च प्रदर्शनका पिसी गेमिंग, ग्राफिक्सको रेन्डरिङ , ब्लक चेन वा क्रिप्टोकरेन्सी माइनिङ जस्ता कार्यहरू गर्न एकीकृत ग्राफिक्स कार्डले धान्न सक्दिन।

समर्पित ग्राफिक्स कार्डका फाइदा :

सिपियुबाट अलग भएको समर्पित ग्राफिक्स कार्डमा आफ्नै मेमोरीको साथ शक्ति श्रोत हुन्छ। यसले गर्दा यसले एकीकृत जिपियु (GPU) भन्दा राम्रो प्रदर्शन गर्नेछ।

समर्पित ग्राफिक्स कार्ड रिमुभेबल हुने भएको पनि अर्को प्रमुख फाइदा हो। यसले गर्दा नयाँ अपग्रेड गर्न नयाँ मेशिन खरिद गर्न वा सम्पूर्ण प्रणाली फेरबदल गर्न आवश्यक छैन।

ग्राफिक्स कार्ड प्रयोग गरेर प्रयोगकर्ताहरूले कुनै पनि समस्या बिना राम्रो फ्रेम दरको साथ खेलको पूर्ण आनन्द उठाउन सक्दछन्।

यदि समर्पित ग्राफिक्स कार्ड प्रयोग गर्‍यो भने यसको आफ्नै मेमोरी हुन्छ जसले गर्दा कम्प्युटरको मेमोरी प्रयोगमा हुँदैन।

बेफाइदा :

समर्पित ग्राफिक्स कार्डको एक प्रमुख हानि यो हो कि यसको आफ्नै सिपियु हुन्छ। यसले गर्दा यसलाई अधिक शक्ति चाहिन्छ।

त्यसका साथै यसको उच्च शक्ति खपतको कारण यसले अधिक गर्मी पनि उत्पन्न गर्दछ। त्यसलाई सन्तुलित गर्न छुट्टै कुलिङ सिस्टम चाहिन्छ।

छुट्टै समर्पित ग्राफिक्स कार्ड किन्दा महंगो पर्न जान्छ।

यसरी दुवै प्रकारको ग्राफिक्स कार्डको आफ्नै फाइदा र बेफाइदाहरु छन्। कुन ग्राफिक्स कार्ड कसको लागि ठिक हुन्छ भनि भन्न सकिदैन। यसको लागि जसले किन्न खोजेको हो, उसले आफ्नो आवश्यकता बुझेर सहि ग्राफिक्स कार्ड छनोट गर्नु पर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?