८ भदाै, एजेन्सी। युट्युबले इन्फ्लुएन्सर एन्ड्रयू टेटलाई नीतिहरू उल्लङ्घन गरेको भन्दै प्रतिबन्ध लगाएको छ।
गुगलको स्वामित्वमा रहेको सामाजिक सञ्जाल साइटले टेटलाई फेसबुक र इन्स्टाग्रामबाट प्रतिबन्ध लगाउने मेटाको निर्णयपछि कारबाही गरेको हो।
२०१६ मा टिभि शोाबाट हटाइएपछि उनको चर्चा चुलिएको थियो। उनलाई एक महिलामाथि आक्रमण गरेको देखाइएको थियो। उनी पूर्व किकबक्सर हुन्।
महिलाहरूले यौन दुर्व्यवहारको “जिम्मेवारी वहन गर्नुपर्छ” भन्दै ट्विट गरेपछि अनलाइनमा उनको आलोचना सुरू भएको थियो।
२०१६ मा बिग ब्रदरबाट हटाइएका बेला टेटले विवादास्पद भिडियोलाई नराम्रो देखाउन खोजेको पूर्ण झूट भनेर सम्पादन गरिएको बताएका थिए।
‘हामीले हाम्रो सामुदायिक दिशानिर्देशहरू र सेवाका सर्तहरूको धेरै उल्लङ्घन गरेको कारण एन्ड्रयू टेटसँग सम्बन्धित च्यानलहरू खारेज गर्यौं।’ युट्युबले प्रस्ट पारेको छ।