Trending:

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ – प्रविधिमन्त्री रेखा शर्मा नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ: रेखा शर्मा आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने
अपडेट

स्टार्टअप सुरु गर्नु अघि नै असफल हुनुका कारणहरु

९ भाद्र २०७९, बिहीबार १०:४९

९ भदाै, काठमाडाैँ । सबैले आफ्नो स्टार्टअप सुरु गर्ने बेला लिएर हिँडेको बिचारले संसार नै परिवर्तन गरिदिन्छ भन्ने सोच्दछन्। ती मध्ये एकदम थोरै मात्र त्यसलाई सही रूपमा बजारमा जमाउन सफल हुन्छन्। आखिर किन त्यही बाटो हिँडेर नि कोही आफ्नो स्टार्टअप सफल बनाउन सक्छन् भने कोही त्यसकै बिच बाटोमा हराउँछन्।

कहिले स्टार्टअप गर्दा बनाएको टिम मिल्दैन भने कहिले चाहिँ आवश्यक जानकारीको अभावले स्टार्टअपमा समस्या आइदिन सक्छ। यो यदि समय मै मिलाउन सकिएन भने बनाएको स्टार्टअप मर्न समय लाग्दैन। कति स्टार्टअप आवश्यकतालाई नै पुरा नगरी बनाउन खोजिएका हुन्छन्।

यसरी स्टार्टअप गर्दा केही कुराहरूलाई विशेष ध्यान दिनु पर्ने हुन्छ।

मार्केटको माग नबुझ्ने

स्टार्टअपहरू असफल हुनुको सबैभन्दा ठुलो कारण उनीहरूले मार्केटलाई बुझ्न नसक्नु हो भन्न सकिन्छ। प्राय स्टार्टअपहरूले यस्तो उत्पादन सिर्जना गर्दछन् जुन बजारले चाहेकै हुँदैन। उत्पादन / बजार फिट बुझ्नु एकदम आवश्यक छ।

कति स्टार्टअपले सुरु गर्दा आँफूले केही समस्या भोग्दछन् र त्यसलाई समाधान गर्न नै एउटा स्टार्टअपको जन्म हुन्छ। यसमा आफ्नो समस्यालाई लिएर अघि बढ्नु नराम्रो होइन तर यो बुझ्नु पनि आवश्यक छ कि यो केवल तपाइको मात्र समस्या त होइन ?

कति समय त स्टार्टअपले अन्य मानिसहरूलाई यो समस्या छैन भनेर ध्यानसम्म दिँदैनन्। उनीहरू आफ्नै स्टार्टअप बनाउन यस्तो व्यस्त हुन्छन् कि त्यहाँ पहिले नै राम्रो उत्पादनहरू छन् भनेर अनुसन्धान गर्न सक्दैनन्।

अर्को कुरा यो पनि हुन्छ कि सायद तपाइले बनाउँदै गरेको समाधानको लागि स्टार्टअप अझै तयार नै छैन। २००० तिर यदि टिन्डर बनाएर लन्च गरिएको भए त्यसको सही रूपमा सफलता हात पर्ने थिएन। त्यस कारण पनि सबै कुराहरूलाई ध्यान दिनु आवश्यक हुन्छ।

सही टोलीको कमी

स्टार्टअपको हरेक कार्यक्रममा सबैले यही भन्छन् कि स्टार्टअप भनेको तपाइको बच्चा जस्तै हो। तपाईँको सह-संस्थापक तपाईँको जीवनसाथी जस्तै हो। यदि तपाइले आफ्नो सह-संस्थापकलाई यसरी देख्न सक्नु हुन्न भने तपाइले आफ्नो सह-संस्थापकसँग राम्रो सम्बन्ध बनाउन सक्नु हुन्न भन्ने बुझ्न सकिन्छ।

तपाईँको स्टार्टअप टोलीले तपाईँको स्टार्टअप बनाउन वा तोड्न सक्छन्। यो कसरी भन्दा यसलाई बनाउने, प्रचार गर्ने, यसको लागि निद्रा र खाना त्याग्ने, यसलाई बचाउन आफू दिनरात घोट्टिने, जस्ता कार्य गर्न हरेक सह-संस्थापक राजी हुनु पर्दछ।

ग्राहकको प्रतिक्रिया नलिने

स्टार्टअप यात्राको लागि प्रयोगकर्ताको प्रतिक्रिया अति महत्त्वपूर्ण छ। तपाइले बनाएको स्टार्टअप प्रयोग गर्ने नै प्रयोगकर्ता हुन्। यदि उनीहरूको आवश्यकता र समस्यालाई समय मै समाधान गरिएन भने प्रयोगकर्ताहरू अर्को विकल्प तिर लाग्न बेर लाग्दैन।

यस कारण पनि प्राय स्टार्टअप गर्नेहरूले पहिले आफ्नो बनाउन खोजेको उत्पादनको पहिले ल्यानडिङ पेजएमभिपि (MVP) निकाल्दछन्। यसले गर्दा यदि प्रयोगकर्तालाई केही कुरामा असन्तुष्टि छ भने पहिले नै बुझेर त्यसलाई समय मै समाधान गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?