११ भदाै, एजेन्सी। क्यालिफोर्नियाले पेट्रोलबाट चल्ने गाडीहरूमाथि प्रतिबन्ध लगाउने भएको छ। सन् २०३५ देखि क्यालिफोर्नियामा पेट्रोलबाट चल्ने नयाँ गाडीहरू बिक्री गर्न नपाउने भएको हो।
अमेरिकी राज्यको यो कदमलाई जलवायु परिवर्तन सम्बोधन गर्ने ऐतिहासिक कदमको रूपमा व्याख्या गरिएको छ।
नयाँ नियमहरूले कार निर्माताहरूलाई बजारमा विध्युतीय गाडीहरूको उत्पादनलाई तीव्रता दिन बाध्य पार्ने उद्देश्य राखेको छ। २०२० मा गभर्नर गेभिन न्यूजमले इन्धनबाट टाढा रहने परिवर्तनको लक्ष्य राखेसँगै क्यालिफोर्नियाले यो निर्णय गरेको हो।
क्यालिफोर्निया अमेरिकाको सबैभन्दा बढी जनसंख्या र विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको शहरका कारण यो यो कदम महत्त्वपूर्ण मानिएको छ।
क्यालिफोर्निया एयर रिसोर्स बोर्ड (CARB) द्वारा जारी नियमहरू अन्तर्गत २०२६ सम्म राज्यमा बिक्री हुने नयाँ गाडीहरूको ३५ प्रतिशत इलेक्ट्रिक, हाइब्रिड वा हाइड्रोजनद्वारा चल्ने हुनु पर्नेछ।
यो नियम २०३० सम्म बिक्री हुने ६८ प्रतिशत सवारी र २०३५ बाट बिक्री हुने १०० प्रतिशत सवारीमा लागु हुने बिबिसीमा उल्लेख छ।