१२ भदाै, एजेन्सी। चर्चित सामाजिक सञ्जाल इन्स्टाग्रामले किशोर प्रयोगकर्ताहरूका लागि सामग्रीमा थप कडाइ गर्ने भएको छ। इन्टाग्रामले पछिल्ला केही महिनादेखि यसमा काम थालेको बताइएको छ।
मेटाको स्वामित्व रहेको यस प्लेटफर्मले केही अगाडी सेन्सिटिभ कन्टेन्ट कन्ट्रोल फिचर ल्याएको थियो। यो फिचरले यस प्लेटफर्ममा संवेदनशील सामग्रीहरू देख्न सकिने संभावना कम गर्ने बताइएको छ। तर, अब इन्स्टाग्राम संवेदनशील सामग्रीमा थप कडा हुने भएको हो।
इन्स्टाग्रामको सेन्सिटिभ कन्टेन्ट कन्ट्रोल स्टान्डर्ड, मोर एण्ड लेस गरि तीन प्रकारको हुने बताइएको छ। जस अनुसार प्रयोगकर्ताहरूले लेस मोडमा स्विच गर्दा कम संवेदनशील सामग्रीहरू देखिने बताइएको छ।
इन्स्टाग्रामको अफिसियल ब्लगका अनुसार किशोर प्रयोगकर्ताहरूको हकमा भने लेस नै पूर्वनिर्धारित हुनेछ। यो नियम १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूमा लागु हुने जानकारी दिइएको छ। यो फिचरले प्रयोगकर्तालाई अन्य गोपनीयता सेटिङहरू समीक्षा गर्न पनि मद्दत गर्नेछ।