Trending:

डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट
अपडेट

सुदूरपश्चिममा ट्रायल सेन्टरको उद्घाटन, डडेल्धुराबाटै लाइसेन्स वितरण गरिने

सुदूरपश्चिममा ट्रायल सेन्टरको उद्घाटन, डडेल्धुराबाटै लाइसेन्स वितरण गरिने
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

१२ भदाै, सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले कार्यालयको विस्तार हुँदा त्यहाँ हुने गडबडी रोकिने बताएका छन्। शनिबार डडेलधुरामा सवारी चालक अनुमतिपत्र (लाइलेन्स) को ट्रायल सेन्टरको उद्घाटन गर्दै उनले एकै ठाउँमा मात्रै कार्यालय हुँदा गडबडी हुने उल्लेख गरे।

यातायात व्यवस्था कार्यालय स्थापना भएको नौ वर्षपछि डडेलधुरामा चालक अनुमति पत्र वितरणका लागि पहिलो पटक लिइएको ट्रायलको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले यातायात कार्यालयमा हुने भ्रष्टाचार रोकिने बताएका हुन्।

‘‘एकै स्थानबाट सेवा प्रवाह हुँदा चाप बढ्छ र गडबडीको सम्भावना रहन्छ। प्रदेश सरकारले कार्यालय स्थापना र विस्तारको काम अघि बढाइरहेको छ’’, उनले भने। सुदूरपश्चिम प्रदेशमा यस अघि कैलाली र कञ्चनपुरबाट मात्रै अनुमतिपत्र प्रदान हुँदै आएको थियो। दुई वटा जिल्लाबाट मात्रै अनुमतिपत्र वितरण हुँदा सेवाग्राहीको चाप बढीहुने भएकाले कर्मचारी लगायत दलालले गडबडी गर्ने गरेको मुख्यमन्त्री भट्टको भनाइ थियो। ‘‘हाम्रो देशमा यातायात र मालपोत कार्यालय बदनाम भएका छन्’’, उनले भने, ‘‘बढी चाप हुने कार्यालय भएकाले गडबडी हुने घटना बाहिर आउने गरेका थिए। तर, अहिले त्यस्तो छैन। ’’

डडेलधुरा र डोटीबाट सावारी चालक अनुमतिपत्र वितरण हुनथालेपछि चापका कारण हुने गडबढी पनि रोकिने उनको विश्वास छ। जिल्लाबाटै सेवाग्राहीलाई सेवा प्रदान गर्न प्रदेश सरकारले कार्यालय स्थापना गर्ने लक्ष्य राखेको उनले बताए।

डडेल्धुरामा ट्रायल सेन्टर लिजमा लिई यातायात व्यवस्था कार्यालयले ट्रायल लिन सुरु गरेको छ। आफ्नै जमिनका लागि सरकारले पहल अघि बढाउन जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारीले आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?