Trending:

तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ?
अपडेट

स्टार्टअपमा बजार अनुसन्धान गर्दा सोध्न नहुने प्रश्नहरु

स्टार्टअपमा बजार अनुसन्धान गर्दा सोध्न नहुने प्रश्नहरु
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१३ भदाै, काठमाडाैँ । बजार अनुसन्धान कुनै पनि उत्पादन डिजाइनको प्रारम्भिक समयमा एकदमै महत्त्वपूर्ण प्रक्रिया हो। वास्तविक प्रयोगकर्ताहरूको आवश्यकता र व्यवहार नबुझी कुनै पनि स्टार्टअप सही मार्गमा लाग्न सक्दैन।

बजार वा प्रयोगकर्ता अनुसन्धान खर्चिलो र समय लाग्ने हुन सक्छ। तर यसले दिने नतिजा भने यदि सही तरिकाले निकाल्न सकियो भने एकदमै प्रभावकारी हुन सक्छ। पैसा र समय ती वस्तुहरू हुन् जुन सुरुका दिनहरूमा स्टार्टअपको लागि ठुलो गहना जस्तै बन्न सक्छन्।

त्यसैले प्रयोगकर्ता अनुसन्धानमा लगानी गर्दा तपाईँले यो कुरा सुनिश्चित गर्नु पर्दछ कि तपाईँले लगाएको मेहनत, समय र खर्च बराबरको मूल्य प्राप्त गर्नुहुन्छ। त्यसैमाथि अर्को ख्याल गर्ने कुरा यो हो कि तपाइले प्रयोगकर्ता अनुसन्धान सही ढङ्गले गर्दै हुनुहुन्छ कि छैन?

कुनै पनि बजार अनुसन्धान गर्दा केवल पैसा र समय काफी हुँदैन। तपाइले गर्ने अनुसन्धान कसरी गर्नु हुन्छ र कत्तिको प्रभावकारी रूपमा गर्नु हुन्छ भन्नेमा पनि उत्तिकै भर पर्छ। के गर्ने भन्ने साथसाथै के नगर्ने भन्ने कुराहरू पनि ध्यान राख्नु पर्ने हुन्छ।

प्रयोगकर्ता अनुसन्धानमा के न गर्ने त?

जब तपाईँ आफ्नो प्रयोगकर्ताहरू सँग सोधपुछ गर्नु हुन्छ, सकेसम्म आफुले बनाउन खोजेको उत्पादन र सेवा बारे सुरुमै छलफल गर्नु ठिक हुँदैन।

प्रयोगकर्ताले तपाइले बनाउन खोजेको वा सेवा दिन खोजेको क्षेत्रमा कस्तो समस्या भोगेको छन्? ती समस्याहरूलाई कसरी समाधान गरेका छन्? यस्ता प्रश्न सोध्दा तपाइले सिधै समस्यालाई समाधान गर्ने बाटो पाउनुहुन्छ भने यदि तपाइले आफ्नै बनाएको समस्यालाई प्रस्तुत गरेर प्रयोगकर्ताको विचार सोध्नु भयो भने उनीहरूलाई त्यस बारे सही उत्तर थाहा नहुन पनि सक्छ।

त्यसका साथै, यदि तपाइले “यो एपमा यस्तो फिचर कस्तो होला?” भन्ने प्रश्न गर्दा पनि साधारण मानिसहरूलाई सही उत्तर थाहा हुँदैन। उनीहरूले त्यस कारण सही छ सुन्दा राम्रो छ त भन्लान्, तर ले त्यसले साची नै कसैको समस्या समाधान गर्छ त भन्ने कुरा हामीलाई थाहा हुँदैन।

अर्को सोध्न नहुने प्रश्न “तपाईँलाई कस्तो फिचर वा विशेषता चाहिएको त?” यसरी सोध्न लाग्नु भयो भने तपाइको प्रयोगकर्ताहरूले अनावश्यक आवश्यकताहरू भनिदिन लाग्छन्। चाहिँदै नचाहिने वा एकदम सानो बजारलाई प्रयोग हुने जस्ता विशेषताहरू उनीहरूले भन्न लाग्दछन् जुन हाम्रो लागि प्रभावकारी हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?