१३ भदाै, झापा। मेयर र उपमेयर हराएको भन्दै फेसबुकमा पोष्ट गर्ने व्यक्ति पक्राउ परेका छन्। फेसबुकमा मेयर र उपमेयरबारे लेख्ने युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–४ का २२ वर्षीय राजु बिमली रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले आइतबार नियन्त्रणमा लिएको जानकारी दिएको छ।
उनले मेयर पबित्रा महतारा र उपप्रमुख नगेन्द्र प्रसाद सङ्रौलाको तस्वीर राखेर मेयर उपमेयर हराएको भन्दै फेसबुकमा पोष्ट गरेका थिए। उनलाई आवश्यक कारबाही गर्ने भन्दै थुनामा राखिएको छ।