१३ भदाै, काठमाडाैँ । एनसेलको नेटवर्क अवरुद्ध (डाउन) भएको छ। करीब ११ बजेदेखि एनसेलको नेटवर्क अवरूद्ध भएको हो।
करीब १ घण्टादेखि नेटवर्क अवरूद्ध हुँदा मोबाइल सेवाबाट फोन नलाग्ने, एसएमएस तथा इन्टरनेट नचल्ने समस्या देखिएको छ। समस्या अहिलेसम्म समाधान भएको छैन।
त्यस्तै, कम्पनीमा के समस्या देखिएको हो भनेर बुझ्न नेपाल दूरसञ्चार प्राधिकरण एनसेललाई पत्र पठाएको छ।
यस समस्याको बारेमा कम्पनीले कुनै सुचना जारी गरेको छैन। नेपालकै ठूलो मध्येको दूरसञ्चार सेवा डाउन हुँदा लाखाैँ प्रयोकर्ताहरू प्रभावित भएका छन्।