Trending:

बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ?
अपडेट

लुम्बिनीका विद्युतीय बस दसैँ अघि नै सञ्चालन हुने

लुम्बिनीका विद्युतीय बस दसैँ अघि नै सञ्चालन हुने
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१३ भदाै, लुम्बिनी। वर्षौ देखि प्रयोग विहीन बनेको लुम्बिनीको विद्युतीय बस दसैँ अघि नै सञ्चालन हुने भएको छ। लुम्बिनी विकास कोषले गठन गरेको विद्युतीय गाडी सञ्चालन कार्यदल प्रतिवेदन कार्यविधि हस्तान्तरण गर्दै बस सञ्चालन गर्ने जनाएको छ।

कार्यदलका संयोजक एवं लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सहितको टोलीले कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई विद्युतीय बस सञ्चालन सम्बन्धी प्रतिवेदन र सञ्चालन मस्यौदा कार्यविधि बुझाएको हो।

करिब तीन वर्षदेखि लुम्बिनी विकास कोषलाई एसियाली विकास बैंकबाट सहयोगमा प्राप्त विद्युतीय बस कार्यविधिको अभावमा सञ्चालनमा आउन नसकेपछि कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा विश्वराज पौडेल र राजु शाक्य रहेको तीन सदस्यीय टोली गठन गरिएको थियो । लुम्बिनी विकास कोषको जेठ १९ गते बसेको बैठकले तोकेको समय सीमा भित्र कार्यदलले प्रतिवेदन र कार्यविधि निर्माण गरी पेस गरेको संयोजक एवं कोषका कोषाध्यक्ष भट्टराईले बताए ।

मन्त्री श्रेष्ठलाई अध्ययन प्रतिवेदन, कार्य योजना, आर्थिक प्रक्षेपण, अत्यावश्यक सिफारिसहरू र कार्यविधि मस्यौदा सहितको दुई वटा दस्ताबेज बुझाइएको संयोजक भट्टराईले जानकारी दिए। प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले प्रतिवेदन अध्ययन गरी छिट्टै कोषको बैठक बसेर निर्णय गरी विद्युतीय बस तथा इ–भ्यान सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यविधि तयार भएसँगै लुम्बिनीमा अनुदानमा प्राप्त भएका विद्युतीय बस र भ्यान सञ्चालन गर्न बाटो खुल्ने छ । बस तथा भ्यान कोषको सम्पत्ति भइसकेकोले कोषले पर्यटक यातायात सेवा इकाई गठन गरी गठित इकाईबाट सञ्चालन गर्ने कार्यविधि सहितको प्रस्ताव मन्त्री श्रेष्ठलाई बुझाएको हो। प्रतिवेदनमा विद्युतीय सार्वजनिक यातायातको भाडा दररेट, भ्यानहरूको बुकिङ प्रणाली र भाडा दर कायम गर्न प्रस्ताव गरिएको कोषाध्यक्ष एवं संयोजक भट्टराईले बताए। उनका अनुसार प्रस्ताव गरिएको भाडा दर यातायात व्यवस्था विभागले तोकेको प्रतिकिलोमिटर भाडा भन्दा केही प्रतिशत सस्तो हुनेछ । बस तथा भ्यानहरूको अग्रिम र नियमित बुकिङलाई डिजिटलाइज्ड गर्नुपर्ने समेत प्रतिवेदनमा भनिएको छ । प्रस्तावमा लुम्बिनी विकास कोषको यो कार्यक्रमको ब्रान्ड नाम “धुम्म यात्रा” राखिएको छ।

धुम्म यात्राले बृहत्तर लुम्बिनी क्षेत्र हुँदै दैनिक लुम्बिनी र विमानस्थल जोड्ने रुट अनुमतिको प्रस्ताव गरेको छ। प्रतिवेदनले इकाई गठनसँगै कर्मचारी तथा चालकहरू करार गर्ने प्रस्ताव गरेको छ भने तीन चरणका कार्य योजना अघि सारेको छ। जसमा अफिसियल परीक्षण पाँच दिन, घटस्थापनाबाट परीक्षण सञ्चालन दुई महिनासम्म र त्यसपछि औपचारिक सञ्चालन गरी तीन वटा चरण प्रस्ताव गरेको गोरखापत्रमा उल्लेख छ।

कोषलाई प्राप्त पाँच वटा बस र १४ भ्यानहरू १२ करोड बढी लागतका हुन् भने यसलाई चार्जिङ स्टेसन निर्माण गर्न झन्डै १४ करोड रुपियाँको लागतमा सौर्य ऊर्जा केन्द्र निर्माण भएको छ। प्रतिवेदनमा अध्ययनका कानुनी, प्राविधिक र आर्थिक पक्षको विश्लेषण, सञ्चालन मोडालिटी, बस र भ्यानहरूको रुट व्यवस्थापन, सञ्चालन कार्य योजना, अनुमानित आय व्यय प्रक्षेपण सहित अनुसूचीमा प्रतिवेदनमा प्रस्तुत गरेका दाबीहरूको प्रमाण राखिएको संयोजक भट्टराईले बताए।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रमा जाने पर्यटकहरूलाई सुविधा होस् भनेर अनुदानमा प्राप्त बस तथा भ्यानहरू एसियाली क्लीन इनर्जी फण्डको सहयोगमा वातावरण मैत्री तथा वैकल्पिक ऊर्जाको प्रयोगलाई बढाउने अभिप्रायले आएको हो। कार्यदलले नेपाल बिद्युत् प्राधिकरण केन्द्रीय कार्यालय रत्नपार्कमा प्राधिकरणका वैकल्पिक ऊर्जा विभाग, विद्युतीय बस तथा भ्यान सप्लायर्स कम्पनी सिमेक्स प्रालि, सौर्य ऊर्जा केन्द्र निर्माण कम्पनीसँग बैठक गरी घटस्थापनाअघि नै प्राविधिक पक्ष चुस्त बनाउन प्रतिबद्धता लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?