१३ भदाै, एजेन्सी । नासाले चन्द्रमामा पठाउन लागेको रकेटलाई इन्धन दिन थालेको छ। करीब ५० वर्षपछि पहिलो पटक चन्द्रमाको कक्षमा चालक दलको क्याप्सुल राख्न परीक्षण उडानका लागि नासाले यो प्रक्रिया सोमबार थालेको हो।
तर, चट्याङ्का कारण यो प्रक्रिया करीब एक घण्टा लम्बिएको बताइएको छ। एक घण्टामा चट्याङको खतरा कम भएपछि प्रक्षेपण टोलीलाई रकेटको ट्याङ्कहरू लोड गर्ने अनुमति दिइएको थियो।
उक्त समयमा केनेडी स्पेस सेन्टरमा भएको ३२२ फिट लामो रकेटको ओरियन क्याप्सुल भित्र कोही नभएको बताइएको छ।
यो नासाले बनाएको सबैभन्दा शक्तिशाली रकेट भएको दाबी गरिएको छ। आधा शताब्दी अघि अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा लैजाने Saturn V भन्दा पनि यो नै बलियो भएको दाबी नासाले गरेको छ।
प्रक्षेपण टोलीले अन्ततः रकेटमा १० लाख ग्यालन भन्दा बढी सुपर-कोल्ड इन्धन लोड गर्न थालेपछि वर्षाले प्रक्षेपण साइट प्रभावित पारेको थियो। माैसम पूर्वानुमानकर्ताहरूले प्रक्षेपणको समयसम्म माैसम सफा भइसक्ने अनुमान गरेका छन्। रकेटलाई वर्षा भइरहेको अवस्थामा प्रक्षेपण गर्न प्रतिबन्धित छ।
मौसमको अलावा प्रक्षेपण निर्देशक चार्ली ब्ल्याकवेल-थम्पसन र उनको टोलीले ओरियन क्याप्सुलको सञ्चारसँग समस्या अनुभव गरिरहेको बताइएको छ। यो रकेट शुक्रबार प्रक्षेपण गरिनेछ।