१३ भदाै, काठमाडाैँ । कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राखेर अनुसन्धान गरिने भएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
नेवा समुदायको भाषा, खाना, संस्कृतिलाई लक्षित गर्दै व्यंग्य गरेको भन्दै उनीविरूद्ध अभियन्ताहरूले कारबाहीको माग गर्दै परिसरमा जाहेरी दिएपछि उनी आइतबार पक्राउ परेका थिए।
उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेदको १०को दफा १६५ को सामाजिक रितिस्थितिमा खलल पुर्याउन नहुने कसुरमा अनुसन्धान भइरहेको जानकारी दिइएको छ।
कमेडी क्याफे युट्युब च्यानलमा उनको भिडियो सार्वजनिक भएपछि नेवा समुदायले उक्त भिडियोप्रति अभियन्ताहरूले आपत्ति जनाएका थिए। आलोचना हुन थालेपछि क्षितिजले सामाजिक सञ्जालमार्फत क्षमा नै मागेका थिए।