१४ भदाै, काठमाडाैँ । यदि तपाईँ ब्लगिङको संसारमा भर्खर भर्खर प्रवेश गर्दै हुनुहुन्छ भने तपाइले अवश्य पनि वर्ड प्रेसको बारेमा त सुन्नु भएकै होला। इन्टरनेटका अधिकतम ब्लगहरू वर्ड प्रेसकै सहायताले बन्दछन्। यसले दिने विभिन्न विशेषताले गर्दा पनि यो एकदमै प्रचलित छ।
वर्ड प्रेसमा दुई फरक प्रकारका सामग्रीहरू भेट्न सकिन्छ। एउटा हो पोस्ट अनि अर्को हो पृष्ठ। सुरुमा दुवै उस्तै देखिन सक्छन् तर दुवैमा ठुलो अन्तर छ। यी दुईमा सबैभन्दा ठुलो अन्तर यसले गर्ने कामले दिन्छ। दुवैले तपाईँको वेबसाइटको लागि विभिन्न उद्देश्यहरू पूरा गर्छन्।
वर्ड प्रेसमा पोस्टहरू के हुन्?
पोस्टहरूको मद्दतले तपाईँको ब्लग पृष्ठमा सूचीबद्ध ब्लग सामग्री, लेखहरू र अन्य सामग्री सिर्जना गर्न प्रयोग गरिन्छ। तिनीहरूलाई उल्टो क्रममा देखाइएको हुन्छ ताकि नयाँ सामग्री सूचीको शीर्षमा देख्न सकिन्छ।
यदि तपाईँ ब्लगको लागि वर्ड प्रेस प्रयोग गर्दै हुनुहुन्छ भने तपाईँले सम्भवतः आफ्नो वेबसाइट सामग्रीको धेरै कन्टेन्ट लागि पोस्टहरू नै प्रयोग गर्नुहुन्छ।
पोस्टलाई समय समयमा फेर्न सकिन्छ। यसलाई विभिन्न वर्गमा छुट्याउन पनि सकिन्छ।
पोस्टको ढाँचा प्रयोग गर्नुको अर्को फाइदा टिप्पणी वा कमेन्ट हो। यदि तपाईँको लेखेको कुरामा अरूको विचार राख्ने ठाउँ चाहिन्छ भने तपाइले पोस्ट नै प्रयोग गर्नु पर्दछ। यसको मद्दतले पाठकहरूले तपाईँलाई मात्र नभएर एक अर्कालाई सम्म प्रश्नहरू सोध्न सक्छन्।
पेजमा राख्न मिल्ने सामग्रीका केही उदाहरणमा समाचार, ब्लग र अन्य लेख रचनाहरू पर्दछन् ।
तपाइले आफ्नो वर्ड प्रेसमा पोस्टहरू राख्न ड्यासबोर्डमा ‘पोस्ट’ मेनु खोल्यो भने त्यहाँ सबै विकल्प आउँदछन्। त्यहाँ नयाँ पोस्ट गर्ने, पुरानो पोस्ट हेर्ने वा ती पोस्टलाई वर्ग अनुसार हेर्ने भनी आउँदछ।
वर्ड प्रेसमा पृष्ठ (पेज) के हो?
वेबसाइट पृष्ठहरू स्थिर सामग्री हुन्। तिनीहरूको कुनै पनि मिति वा टाइमस्टाम्प हुँदैन। तपाईँले पेजलाई वर्ग छुट्टाउन सक्नु हुँदैन।
पृष्ठहरूलाई तपाइले आफ्नो वेबसाइटको मुख्य भाग, साइड बार वा मुख्य मेनुमा प्रदर्शन गर्न सक्नुहुन्छ।
पृष्ठहरूले तपाईँलाई स्थिर सामग्री सिर्जना गर्न सक्छन्। कुनै कम्पनीको लागि वेबसाइट बनाउँदा त्यसमा एउटा जानकारीको पृष्ठ हुन्छ, अर्को गोपनीयताको पृष्ठ हुन्छ।
तपाईँले आफ्नो उत्पादनहरू वा प्रदान गरिरहनुभएको सेवाहरू प्रदर्शन गर्न पृष्ठहरू प्रयोग गर्न सक्नुहुनेछ।
जब हामी कुनै स्कुलको वेबसाइट देख्छौ, त्यहाँ राखिएका जानकारीहरू जस्तै स्कुलको इतिहास, गुरुहरूको जानकारी, स्कुलको सम्पर्क माध्यम जस्ता कुराहरू पृष्ठमा भएका हुन्। अर्को तर्फ त्यहाँ राखिएका कार्यक्रमका जानकारी, विद्यार्थीको रचना, जस्ता सामाग्रीहरू भने पोस्ट हुन्।