१४ भदाै, जनकपुर। चर्चित सामाजिक सञ्जाल टिकटक बन्द गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ।
जनकपुरका युवकहरूले टिकटक बन्द गर्न जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन्। उनीहरूले समाजमा अश्लिलता फैलाएको भन्दै टिकटक बन्द गर्न माग गरेका छन्।
नेपालको छिमेकी मुलुक भारतसहित पाकिस्तान, इन्डोनेशिया, बङ्गलादेश र सिरियामा टिकटक प्रतिबन्धित छ।
भिडियो सेयर गर्न मिल्ने चिनियाँ एप संसारभर चर्चित छ।