१४ भदाै, काठमाडाैँ । एनएमबी बैंकले एटिएम कार्डका लागि ग्राहकलाई महिना दिनभन्दा बढीसम्म कुर्न लगाएको पाइएको छ। उक्त बैंकको बबरमहल शाखाबाट हराएको एटिएम कार्ड लिनका लागि फारम भरेकी सिर्जना वाग्लेले महिनासम्म धाएकी हुन्।
उनले बैंकलाई सम्पर्क गर्दा सुरूमा एक हप्ता लाग्ने भनेता पनि पछि कार्डमा प्रयोग हुने चिपको कारण देखाउँदै महिनादिसम्म झुलाएको बताएकी हुन्।
उनले बैंकका सीईओसँग नै कुरा गरेपछि मात्रै एटिएमकार्ड लिनका लागि बैंकले सम्पर्क गरेको बताइन्।
सामान्यतया बैंकहरूले एटिएम कार्ड १५ दिनमा दिने गरेका छन्। तर, विभिन्न कारण देखाउँदै महिना दिनसम्म झुलाएपछि सीईओसम्मै कुरा पुगेको केही छिनमा नै एटिएम कार्ड पाएपछि उनले बैंकले बहानाबाजी गरेर ग्राहकलाई सास्ती दिने गरेको आरोप लगाएकी छिन्।