Trending:

इन-ड्राइभ चालकहरूको लागि आइएमई पेको नयाँ योजना शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले सञ्चालन गर्‍यो डीसी फास्ट चार्जिङ स्टेसन आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन
अपडेट

के हो लोकल र रिमोट सर्भरको अन्तर ?

के हो लोकल र रिमोट सर्भरको अन्तर ?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१५ भदाै, काठमाडाैँ । तपाइँले इन्टरनेट चलाउँदा तपाइँको फोनमा डाटा त छिट्टै आइहाल्छ तर यसलाई तपाईँसम्म पुर्‍याउन लामो प्रक्रिया हुन्छ। यो लामो प्रक्रिया भने यति धेरै रफ्तारमा काम गर्छ कि तपाइँले त्यो ढिलाइ भएकोसम्म थाहा पाउनु हुन्न।

यो प्रक्रियामा जब तपाइको कम्प्युटरमा तपाइले केही खोज्न टाइप गर्नु हुन्छ, तब कम्प्युटरले त्यो डाटा खोज्न सर्भरसम्म पुग्छ। त्यो सर्भर कहिले तपाइँकै आफ्नै कम्प्युटर हुन्छ भने धेरै समयमा कुनै टाढा रहेको कम्प्युटरले नै सर्भरको काम गर्दछ।

वेब सर्भर, वेब सर्भर सफ्टवेयरको साथ भएको विशेष कम्प्युटर हो। यसले वेब पेज र सम्बन्धित सामग्रीहरू प्रयोगकर्ताहरूलाई वितरण गर्दछ। जब प्रयोगकर्ताहरूले ब्राउजर एड्रेसमा टाइप गरेर डाटा खोज्छन्, त्यतिबेला सर्भर काममा लाग्छ।

उदाहरणका लागि यदि प्रयोगकर्ताले ब्राउजरमा यूआरएल – “http://www.techkagaj.com” टाइप गर्दछ भने यसले डोमेन नाम “techkagaj.com” भएको वेब सर्भरमा डाटाको अनुरोध उत्पन्न गर्दछ। वेब सर्भरले पाएको डाटा प्रयोगकर्ताको कम्प्युटरसम्म पुर्याउँछ र यसलाई प्रयोगकर्ताको ब्राउजरमा पठाउँदछ।

सर्भरका प्रकार कस्ता छन् त?

सर्भर दुई प्रकारका हुन्छन्। लोकल र रिमोट सर्भर।

लोकल सर्भर र रिमोट सर्भर बिचको भिन्नता बुझ्नु महत्त्वपूर्ण छ। यदि तपाईँले लोकल सर्भरको कुरा गर्दै हुनुहुन्छ भने यसको अर्थ तपाईँको आफ्नै मेशिनमा सर्भर सेट अप छ भन्ने हो।

जब सर्भर रिमोट हुन्छ, यसको अर्थ कुनै अर्कै ठाउँमा अर्को कम्प्युटरमा सर्भर राखिएको छ भन्ने बुझ्नु पर्दृछ।

लोकल वेब सर्भर

लोकल सर्भर एउटा निजी स्वामित्वको मेशिन हो। यो विशेष गरेर डेभलपहरूले कोडहरू भएका वेब पेजहरू भण्डारण र परीक्षण गर्न प्रयोग गर्दछन्।

लोकल वेब सर्भमा डेभलपरले प्रयोग गर्ने कम्प्युटरमा वेब सर्भर सफ्टवेयर हुनुको साथै वेब टुलहरूसम्म हुन्छन्।

एउटा स्थानीय सर्भर तपाईँको ल्यापटप वा व्यक्तिगत कम्प्युटर पनि हुन सक्छ। यसले तपाईँलाई वेब अनुप्रयोग विकास गर्नका लागि पुरै वातावरण दिन्छ।

रिमोट वेब सर्भर

रिमोट सर्भर भन्नाले यस्तो सर्भर हो जहाँ प्रयोगकर्ताहरूले पठाएका अनुरोधहरू पेस  गर्न वेब सर्भर सफ्टवेयर, डाटाबेस र अन्य संसाधनहरू भएको टाढाको कम्प्युटरलाई जिम्मा दिन्छ।

टाढाको सर्भरले एक वा एकभन्दा बढी वेबसाइटहरू होस्ट गर्न सक्दछ।  रिमोट सर्भरहरू उच्च प्रदर्शन कम्प्युटरहरू हुन् जसमा धेरै जानकारीको राखिएको हुन्छ र धेरै मात्रामा अनुरोधहरू ह्यान्डल गर्न सकिन्छ।

यसको ठुलो मेमोरी र भण्डारण स्थान हुन्छ। यसलाई प्राय जसो ठुलो कम्पनीहरूले प्रयोग गर्दछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?