Trending:

स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम
अपडेट

विद्युतीय चुल्होको प्रयोगमा कठिनाइ, वितरित चुल्हो प्रयोगविहीन

विद्युतीय चुल्होको प्रयोगमा कठिनाइ, वितरित चुल्हो प्रयोगविहीन
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१५ भदाै, रूपन्देही। रुपन्देहीको कोटहीमाई गाउँपालिका–७ ले इन्फ्रारेड कुकर (विद्युतीय स्टोभ) चुल्हो वितरण गरेको छ। वडावासीलाई वितरण गरिएको सो कुकर चुल्हो कम एम्पिएरको लाइन, लो भोल्टेज र पटक–पटक बिजुली गइरहने समस्याले प्रयोगमा कठिनाइ देखिएको छ।

विद्युत्को समस्या खेपिरहेको कोटहीमाईमा दुइ हजार दुई सय वाट क्षमताको उच्च पावरयुक्त चुल्हो वितरणपछि निकै आलोचना हुन थालेको छ। स्थानीयवासी तारा पासीले चुल्हो देखाउँदै बिजुलीको ‘लो भोल्टेज’ समस्याका कारण जाँच्न नपाएको बताइन्।

बोरामा प्याक गरी थन्क्याएर रखिएको सो विद्युतीय चुल्हो देखाउँदै पासीले भनिन्, ‘एक त घरमा बिजुलीको समस्या छ, अर्काको घरमा सवमिटर हालेर बिजुली ल्याएकी छु। त्यसमाथि यति उच्च पावरको चुल्हो र सोका लागि छुट्टै बर्तन किन्नुपर्ने हुँदा हाम्रा लागि उपयोगी छैन।’

नेपाल समय
फुसको छानो भएको एक कोठेघरमा परिवारसँग बस्दै आएकी ताराले छिमेकी कहाँबाट सबमिटर जडान गरी घरमा दुई बल्ब, एक पङ्खा र मोबाइल चार्ज गर्नेसम्मको व्यवस्थापन गरेकी हुन्। ‘पंखासम्म चल्न नसक्ने स्थितिमा इन्फ्रारेड कुकरको त कामै छैन,’ उनले भनिन्। छिमेकी अदालत यादवको भनाइ पनि ताराको जस्तै छ।

उनले चुल्हो पाएदेखि घरमा रहेको भकारीमाथि थन्क्याएकी छन्। विद्युत्को समस्या सुनाउँदै उनले भनिन्,‘गर्मीले बेहाल छौँ, एक सय २० वाटको पङ्खा त राम्रोसँग चल्दैन यो उच्च पावरको चुल्हो जलाउन त सम्भव नै छैन।’

कुनै दिन काम देला भनेर वडा कार्यालयले निःशुल्क बाँडेपछि चुल्हो ल्याएको उनले बताइन्। थपिन्, ‘बिजुली र पङ्खा वापतको रु दुई सय तिर्न नसक्नेलाई यसको व्यवस्थापन गर्न गाह्रो छ। चुल्होको सट्टा कुनै काम लाग्ने कृषि सामग्री दिएको भए हुन्थ्यो।’

पासी टोलकी ज्ञानमति पासीको श्रीमान्ले चुल्हो ल्याएर जाँचिन्। घरमा रहेको गोलाकार पिँध भएको भाँडो राख्न खोजेपछि चुल्होमा बसेन। छुट्टै भाँडो खरिद गर्नुपर्ने पैसाको व्यवस्थापन गर्न उनको सामर्थ्य छैन।

खाना पकाउने समयमा १० मिनेट मात्र बत्ती गयो भने पनि खाना बिग्रिने भएकाले यसमाथि भरोसा गर्न सकिने स्थिति नरहेको विद्युतीय चुल्होका जानकार जनार्दन बनियाले बताइन्। ‘कोटहीमाई–७ मात्रै होइन, मर्चवारका अधिकांश जसो विद्युत् ग्राहकको घरमा रहेको विद्युतीय पूर्वाधार पनि इन्फ्रार्रेड कुकर चुल्होका लागि चाहिने बिजुलीको खपत धान्न सक्ने खालको छैन।’

यस वर्षको बजेट वक्तव्यमा सरकारले स्थानीय तहमार्फत एक परिवारलाई एक विद्युतीय चुल्हो अनुदानमा वितरण गर्ने घोषणा गरेको कार्यक्रममाथि सुरुबाटै प्रश्न उठिरहेको स्थितिमा कोटहीमाई–७ ले वडावासीलाई वितरण गरेको सो चुल्हो पनि उपयोगी हुने देखिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?