१५ भदाै, एजेन्सी। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जालमाथि गुगल प्लेले प्रतिबन्ध लगाएको छ ।
गुगलले प्लेटफर्मले शारीरिक धम्की र हिंसालाई उक्साउने जस्ता सामग्रीलाई निषेध गर्ने नीतिहरू उल्लङ्घन गरेको बताउँदै ट्रम्पको सामाजिक सञ्जाल ट्रुथ सोसलमाथि प्रतिबन्ध लगाएको हो ।
यो कदमले एन्ड्रोइड फोन भएका प्रयोगकर्ताहरूलाई एप डाउनलोड गर्न गाह्रो बनाउने निश्चित भएको छ। ट्रुथ सोसलका सीईओ डेभिन नुनेसले यसअघि गुगललाई एकाधिकार चलाएको आरोप लगाएका थिए।
ट्रुथ सोशल फेब्रुअरीमा एप्पलको एप स्टोरमा सुरु भएको छ। यद्यपी, यसका विभिन्न समस्याहरू अझै समाधान भइसकेका छैनन्।