१५ भदाै, एजेन्सी। विशाल क्रूज कम्पनी रोयल क्यारिबियनले समुद्रमा उच्च गतिको गर्न एलन मस्कको स्पेसएक्ससँग सम्झौता गर्ने बताएको छ। मस्कको उक्त सम्झाैतापति रोयल क्यारेबियनले स्टारलिंकको इन्टरनेट चलाउनेछ।
क्रुजका गेस्टहरूले इन्टरनेटका लागि शुल्क तिरेर पनि अत्यन्तै सुस्त इन्टरनेट पाइरहेका थिए। अब, स्टारलिंकको इन्टरनेटले यो समस्या दूर गर्ने अनुमान गरिएको छ।
रोयल क्यारिबियनका प्रमुख कार्यकारी जेसन लिबर्टीका अनुसार स्पेसएक्ससँगको साझेदारीले भिडियो स्ट्रिमिङ जस्ता उच्च ब्यान्डविथ चाहिने कामहरू पनि सजिलै गर्न सकिनेछ।
लिबर्टीले मंगलबार एक विज्ञप्तिमा रोयल क्यारिबियन जहाजहरूमा स्टारलिंकको स्थापना तुरुन्तै सुरु हुने र मार्च २०२३ सम्म पूरा हुने उल्लेख गरेका छन्।
स्पेसएक्सद्वारा सञ्चालित स्टारलिंक दुर्गम क्षेत्रहरूमा बस्ने मानिसहरूलाई उच्च-गतिको इन्टरनेट उपलब्ध गराउन तयार पारिएको महत्वकांक्षी डिजाइन हो।