Trending:

अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने नेपाल टेलिकमले टेलिफोनका ग्राहकलाई एक महिना निःशुल्क डाटा सुविधा दिने डोल्पामा टेलिफोनको ‘लोडसेडिङ’ एनसेल आजियटालाई कानूनी कठघरामा उभ्याउन कानूनी अफ्ठ्यारो छ: अध्यक्ष खनाल टिकटकमाथिको प्रतिबन्धविरुद्ध दायर रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा नेपालमा दर्ताका लागि टिकटकले पठायो पत्र
अपडेट

स्टार्टअपका लागि कसरी खोज्ने आइडिया ?

१६ भाद्र २०७९, बिहीबार १४:२४

१६ भदाै, काठमाडाैँ । अहिले युवा वर्गमा स्टार्टअपको लहर आएको छ। सबैलाई आफ्नो कम्पनी खोलेर काम गर्न इच्छा लाग्छ। यही लहरमा लागेर कति जना होसै नपुर्‍याई जस्तो पनि आइडियामा हुत्तिन्छन्। यसले गर्दा उनीहरूको समय, लगानी र मेहनत खेर जान्छ तर उनीहरूको आइडिया पक्कै पनि ठाउँमा लागेको हुँदैन।

कुनै पनि स्टार्टअपको सबैभन्दा मुख्य भाग भनेकै आइडिया वा विचार हो। त्यसपछि त्यही आइडियालाई लिएर एमभिपि बनाइन्छ। त्यही आइडियालाई लिएर बजार अनुसन्धान गरिन्छ। त्यसलाई नै लिएर ल्यान्डिङ पेज बनाइन्छ। यस कारण पनि कुनै पनि स्टार्टअपको मेरुदण्ड नै त्यसको सुरुको बिचार वा आइडिया हो भन्न गलत नहोला।

स्टार्टअपको लागि कसरी आइडिया नखोज्ने?

कुनै पनि आइडिया आफैमा सही र गलत हुँदैन। समय, बजार र माग अनुसार आइडिया स्टार्टअपको लागि ठिक र काम नलाग्ने भन्ने हुन्छ। कुनै पनि स्टार्टअप सुरु गर्नेहरूको लागि सबैभन्दा ठुलो बाधा नै आइडिया ल्याउनु हो।

वास्तवमा यस्तरी स्टार्टअप गर्नेहरू कहिल्यै अघि बढ्न सक्दैनन्। स्टार्टअप सुरु गर्न आइडिया खोज्ने भन्दा पनि आइडिया आएर या कुनै समस्या भोगेर त्यसको समाधानको लागि स्टार्टअप सुरु गर्नु नै यसको सही बाटो हुन्छ।

हरेक स्टार्टअप गर्नेले गर्ने सबैभन्दा ठुलो गल्ती नै यही हो कि उनीहरूले आफूले सोचेको आइडियालाई जबरजस्ती स्टार्टअपको रूप दिन खोज्छन्। यस्तो गर्नाले त्यो आइडियाले सही समस्यालाई समाधान गर्छ कि सक्दैन भन्ने नै अन्दाज हुँदैन।

सही आइडिया कसरी खोज्ने त?

यसको उत्तर जति घुमाएर भने पनि त्यही नै आउँछ। कुनै पनि आइडिया स्टार्टअप भएर सफल हुन यसले सही समय, बजार र माग बुझेको हुन पर्दछ। आज चर्चित टिकटक दश वर्ष अघि आएको भए यस्तो चर्चित हुने थिएन। त्यो सफल हुन धेरै कुराहरूले भूमिका खेले तापनि समयले मुख्य भूमिका खेल्दछ।

त्यसै गरी, जब OYO आयो, त्यस समयमा मानिसहरूलाई त्यसको आवश्यकता त थियो तर त्यस्तो सेवा दिने सजिलो उपाय खासै कुनै थिएन। OYO ले होटेल र ग्राहक बिच पुलको काम गर्‍यो। यसले गर्दा सबैलाई बुकिङ गर्ने सुविधा कम्पनीको कारण विश्वास बढ्न लाग्यो। अन्त्यमा धेरै व्यक्तिहरू OYO जस्तो सुविधा रुचाउन लागे। यसकै कारण मानिसहरुको धारणा परिवर्तित भयो।

त्यसकारण कुनै पनि समस्यालाई समाधान गर्न बनाइएको स्टार्टअप नै अन्तिममा गएर सफल हुन्छ। यसको लागि हरेक व्यक्तिलाई गएर उनीहरूको समस्या सोध्न सकिँदैन। त्यस कारण सबैभन्दा सही तरिका भनेको आफूले भोगेको समस्यालाई लिएर आइडिया खोज्ने हो।

जब त्यो समस्या तपाईँ आफैले भोग्नु भएको हुन्छ, तब तपाईँलाई थाहा हुन्छ कि समस्या कस्तो प्रकारको हो? कसरी समाधान गर्न सकिन्छ? यो समस्या समाधान गर्न कुन उमेर वर्ग सबैभन्दा बढी लाग्दछन्?

यस्ता प्रश्नले गर्दा तपाइले आफ्नो स्टार्टअपलाई कस्तो बजार र प्रक्रियाबाट लाग्ने भन्ने अन्दाज हुन जान्छ। यसले गर्दा बजार अनुसन्धानको कति पक्ष त यही नै पुरा हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?