१६ भदाै, काठमाडाैँ । मोटरसाइकलमा मोबाइल होल्डर, गो प्रो र अन्य स्ट्याण्ड राख्दा ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ। पछिल्लो समय मोटरसाइकलमा मोबाइल स्ट्याण्ड राख्ने चलन बढ्दै गएपछि प्रहरीले कारबाही गर्ने भएको हो।
ट्राफिक प्रहरीले मोबाइल स्ट्याण्ड र मोबाइल स्ट्याण्ड राखेर हिड्दा सवारी दुर्घटना बढेको भन्दै कारबाही सुरू गरिएको जानकारी दिएको छ।
पछिल्लो समय नेपालमा राइड सेयरिङ कम्पनीहरू बढ्दै गएपछि मोबाइल स्ट्याण्ड राख्नेहरू पनि बढिरहेका छन्। तर, गैह्रकानुनी तरिकाले स्ट्याण्ड प्रयोग गर्ने चालकलाई ५०० देखि २ हजारसम्म जरिवान गर्ने ब्यवस्था यातायात कानुनमा रहेको छ ।
अहिले अधिकतम २ हजारसम्म मात्रै जरिवानाको प्रावधान भएता पनि ट्राफिक प्रहरीले यातायात कार्यालयमा पठाएको खण्डमा न्यूनतम पाँच हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना लाग्ने बताइएको छ।
पहिलो चरणमा सम्झाइ बुझाइ गर्ने र केही समयमा नै कारबाहीको प्रक्रियामा जाने प्रहरीले जानकारी दिएको छ।