१६ भदाै, काठमाडाैँ। सामाजिक सञ्जालमा जथाभावी गाली गर्ने आलोचकलाई पक्राउ पुर्जी जारी गरिने धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले चेतावनी दिएका छन्।
उनले फेसबुकमा एक स्टाटस लेख्दै जथाभावी गाली गर्ने आलोचकलाई पक्राउ पुर्जी जारी गरि मानहानि र गाली बेइज्जतीको मुद्दा चलाइने चेतावनी दिएका हुन्।
‘फेसबुकमा गालीगलौच गर्ने जतिलाई पत्ता लगाएर पक्राउ पुर्जी जारी गरिनेछ, अनि मानहानि र गाली बेइज्जतीको मुद्दा चलाइनेछ ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नू,’ साम्पाङले फेसबुकमा लेखेका छन् ।
पछिल्लो समय मेयर साम्पाङको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।