१६ भदाै, एजेन्सी। फेसबुकको भिडियो गेम लाइभ स्ट्रिमिङ एप फेसबुक गेमिङ आइओएस र एन्ड्रोइड अपरेटिङ सिस्टममा बन्द हुने भएको छ। सार्वजनिक भएको २ वर्षपछि नै फेसबुकको एप बन्द हुने भएको हो। आगामी अक्टोबर २८ तारिखदेखि एप बन्द हुने भएको हो।
चर्चित ट्विच स्ट्रिमर गोथालियनले फेसबुकले उनीहरूलाई पठाएको म्यासेजको स्क्रिनसट समेत सार्वजनिक गरेका छन्। फेसबुकले उक्त एपमा भएका महत्वपूर्ड डाटाहरू सुरक्षित गर्न समेत अनुरोध गरेको छ।
‘यो एप सुरु भएदेखि नै गेमर र फ्यानहरूका लागि सम्पन्न समुदाय निर्माण गर्न तपाईंले गर्नुभएको सबै कुराको लागि हामी तपाईंहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छौं। फेसबुकमा नयाँ गेमिङ सुविधाहरू ल्याउन महत्वपूर्ण प्रयास थियो।’ फेसबुकले पठाएको म्यासेजमा भनिएको छ।
फेसबुकले यो एप बन्द गरेता पनि लाइभ स्ट्रिमिङहरू फेसबुकको मुख्य एप तथा वेबपेजमा हेर्न सकिने उल्लेख गरिएको छ। फेसबुकको मूल कम्पनी मेटा अझै अन्य तरिकामा गेमिङ स्ट्रिम गर्ने तयारीमा रहेको पनि संकेत गरिएको छ।