१७ भदाै, काठमाडाैँ । सामाजिक सञ्जालमार्फत नाबिका तथा महिलालाई दुःख दिने र अपमान गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। भाइबरमार्फत नाबालिकासँग अडियो सम्वाद गरी गलत मनसाय इटिड गरेको भिडियो भाइबरमा पठाएर त्रसित गर्ने व्यक्तिलाई पक्राउ गरेको साइबर ब्युरोले जानकारी दिएको छ।
पक्राउ पर्नेमा महोत्तरी घर भई हाक काठमाडाैँको बाैद्ध बस्ने १९ वर्षीय मोहम्मद रमीज राजा रहेका छन्। उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अदालतबाट अनुमति लिइ पाँच दिन म्याद थपि अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ।
त्यसैगरी साइबर ब्युरोले इन्स्टाग्राम तथा बिगोमा साथी बनाएर विभिन्न देखाई, फकाई फुल्याई गरी पीडित महिलालाई अश्लिलता प्रदर्शन गर्न वाध्य पार्ने र आर्थिक लाभकै लागि बारम्बार धम्की दिने व्यक्तिलाई पनि पक्राउ गरेको छ।
यस आरोपमा पक्राउ पर्ने ताप्लेजुङ घर भइ काठमाडाैँको बाैद्ध बस्ने ३२ वर्षका जेम्स तामाङ रहेका छन्। उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।