१८ भदाै, एजेन्सी। ट्विटरले अन्ततः आफ्ना प्रयोगकर्ताहरूलाई इडिट बटनको फिचर ल्याएको छ। पछिल्ला केही हप्ताहरूमा यसबारे हल्ला चलेता पनि अब भने ट्विटरले इडिट सुविधा ल्याएको हो।
अहिले परीक्षणको क्रममा रहेका कारण ट्विटरले इडिटेड ट्विटहरू देख्न सकिने बताएको छ।
परीक्षणको क्रममा रहेको यो फिचर केही समयमा नै ‘ट्विटर ब्लु’ प्रयोगकर्ताहरूले चलाउन पाउनेछन्। ‘ट्विटर ब्लु’ ट्विटरको प्रिमियम भर्सन हो। यसका लागि प्रयोगकर्ताहरूले मासिक ४.३३ डलर तिर्नु पर्नेछ।
हाल ‘ट्विटर ब्लु’ अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डमा मात्रै उपलब्ध छ। तर, इडिट बटनको परीक्षण एउटा देशमा मात्रै गरिने बताइएको छ।
ट्वीटहरू पोस्ट गरेपछि ३० मिनेटमा केही पटक सम्पादन गर्न सकिने बताइएको छ।
इडिट गरिएका ट्विटहरूमा इडिट गरिएको समय देखाइने छ। पछिल्ला ट्विटमा के भनिएको थियो भनेर रेकर्ड राख्न इटिड हिस्ट्री राखिएको ट्वीटरले भनेको छ।