१८ भदाै, एजेन्सी। छोटो क्लिप सेयरिङ एप स्न्यापच्याटले २० प्रतिशत कर्मचारी कटाैती गर्ने भएको छ। तत्कालका लागि नयाँ परियोजनाहरू बन्द गर्दै ती कर्मचारी कटाैती गर्ने अवस्थामा स्न्यापच्याट पुगेको हो।
कमजोर आर्थिक नतिजासँगै स्न्यापच्याटको पुनर्संरचनाबाट करिब १२ सय कर्मचारीले जागिर गुमाउने बताइएको छ।
एक वर्ष पहिले १३० विलियन डलरको कम्पनी अहिले २० विलियन डलरमा खुम्चिएको छ।
२० प्रतिशत कर्मचारी कटाैती गर्दा स्न्यापच्याटले वार्षिक ५०० मिलियन डलर बचत गर्ने बताएको छ। कम्पनीका सीईओले यो निर्णय पिडादायी भएको बताएका छन्।
केही क्षेत्रमा खर्च घटाए पनि स्न्यापच्याटले अब कम आय वृद्धिको नतिजा सामना गर्दै बजारको वातावरण अनुसार चल्नुपर्ने सीईओले बताएका छन्।