१९ भदाै, काठमाडाैँ । नेपाल टेलिकमले टिकटक च्यालेन्ज ल्याएको छ। प्रतियोगिलाई उपहार दिने योजना सहित टेलिकमले टिकटक च्यालेन्ज सार्वजनिक गरेको हो।
टिकटक च्यालेन्जमा सहभागी हुनका लागि नेपाल टेलिकमको अफिसियल टिकटक अकाउन्टमा पिन गरिएको अडियोमा टिकटक बनाउनु पर्नेछ। त्यसैगरी, टिकटक भिडियो अपलोड गर्दा क्याम्सनमा #RAMAILONTSANGA अनिवार्य राख्नु पर्ने टेलिकमले जनाएको छ।
टिकटक च्यालेन्जमा प्रथम हुनेलाई MI 12X, दोश्रो हुनेलाई MI 12, तेश्रो हुनेलाई MI 12Pro उपहार स्वरूप प्रदान गरिनेछ।