२० भदाै, काठमाडाैँ । फेसबुकमा स्टाटस लेखेपछि रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका हेटौंडा उपमहानगरपालिका समितिका संयोजक सन्तोष न्यौपाने निलम्बनमा परेका छन्।
पार्टीविरूद्ध स्टाटस लेखेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले हेटौंडा उपमहानगरपालिका समितिका संयोजक न्यौपानेलाई निलम्बन गरेको हो।
महामन्त्री मुकुल ढकालले आइतबार पार्टीको सिद्धान्त, विचार र धारणा तथा नीतिविपरीत हुने गरी स्टाटस लेखेको भन्दै न्यौपानेलाई पत्र पठाएका हुन्।
न्यौपानेले पार्टी सिद्धान्तविहीन भएको पनि फेसबुकमा लेखेका थिए। ‘लामिछानेको गोजीको सिद्धान्त मानिदिनुपर्ने के हामी २१ औं शताब्दीका मुर्ख नेपाली हौं?’ उनले फेसबुकमा लेखेका छन्।