Trending:

भिभो वाई २९ नेपालमा सार्वजनिक चीनमा पहिलोपटक रोबोट हाफ–म्याराथन सम्पन्न राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारको आवेदन दिने भोलि अन्तिम दिन ब्रह्माण्डमा जीवनको संकेत सहितको अर्को ग्रह भेटियो सरकारी वेबसाइटहरू ठप्प, सेवाग्राही हैरान इन्स्टाग्रामले ल्यायो ‘लक्ड रील्स’ फिचर तीन दिन नचलाए फोन आफैं रिस्टार्ट हुन्छ: गुगलको नयाँ सुरक्षा फिचर डिजिटल अपराधको नयाँ शैली: राहुल बुढाद्वारा चार हजार इसेवा अकाउन्ट ह्याक जुकरबर्गको घोषणा: फेसबुक सामाजिक सञ्जाल होइन, एआई मनोरञ्जन प्लेटफर्म हो स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडलाई पीसीआई–डीएसए प्रमाणीकरण प्राप्त इन्फोडेभलपर्स र वन पोइन्ट फाइनान्सियल सर्भिसेजबीच नयाँ रणनीतिक सहकार्यको शुरु बीवाईडी ईभीमा अब गाडीसमेत १० वर्षको वारेन्टी क्यान महासंघ र मदन भण्डारी विश्वविद्यालयबीच दीर्घकालीन सहकार्य इलेक्ट्रिक स्कुटर खरिद गर्दा ३६ हजार रुपैयाँसम्म अनुदान पाउने त्रिविमा प्रमाणपत्रका लागि अनलाइनबाटै निवेदन दिने सकिने अब घरबाटै नागरिकता प्रमाणपत्रको सिफारिस लिन सकिने सामसङको ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा चितवनमा दिपल ईभीको औपचारिक बिक्री सुरु बागमतीमा यातायात राजस्व भुक्तानी विद्युतीय माध्यमबाट हुने इन्टरनेट पहुँच विस्तारका लागि शुल्क घटाउन सुझाव १०० ग्लोबल वुमन इन एआईको सूचीमा नेपालकी नामी बराल २० किलोसम्मको सामान उठाउने र वृद्धको सेवा गर्ने मानवजस्तै रोबोट तयार सूर्यज्योति लाइफले ‘केयर्स कार्ड’ र ‘ई–कर्जा सेवा’ सुरु गर्‍यो नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी फेसबुकबाट पैसा कमाउने ७ प्रभावकारी तरिका: सुरु गर्ने सजिलो उपायहरू बीवाईडीले विश्वकै पहिलो मेगावाट फ्ल्यास चार्जिङ प्लेटफर्म सार्वजनिक गर्‍यो मेटाले सार्वजनिक गर्‍यो नयाँ एआई मोडल ‘एलएलएम’ पहिलो मोबाइल कलको ऐतिहासिक क्षण: ५२ वर्षअघि आजैका दिन गरिएको थियो पहिलो कल फोनपेको ऐतिहासिक कीर्तिमान: एकै दिन २.६२ अर्ब रुपैयाँ कारोबार भारतमा ९.७ मिलियन ह्वाट्सएप अकाउन्ट बन्द, मेटाद्वारा अहिलेसम्मकै कडा कारबाही व्हाट्सएप स्टेटसमा सजिलै गीत राख्ने तरीका, नयाँ सुविधा आयो! वैज्ञानिकले खुलाए रहस्य: अन्तरिक्षबाट आउने अनौठा रेडियो सिग्नलको स्रोत पत्ता लाग्यो एथरले नयाँ मोडल ‘४५०एक्स’ र ‘४५०एस’ सार्वजनिक गर्यो डिशहोमले इजभिज वाइफाइ आइपी क्यामेरा बजारमा ल्यायो नेपाल क्षेत्रीय आइटी हब बन्न सक्नेछः मन्त्री गुरुङ एलन मस्कले आफ्नै कम्पनी एक्सएआईलाई ३३ अर्ब डलरमा ‘एक्स’ बेचे डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य हासिल गर्न सहजीकरण आवश्यक : सञ्चारमन्त्री गुरुङ एआई प्रविधिसहित सामसुङ ग्यालेक्सी ए५६, ए३६ र ए२६ नेपाली बजारमा सार्वजनिक पोखरामा स्काईवेलको नयाँ सोरूम विस्तार भिभो एप्पललाई चुनौती दिन नयाँ रणनीतिसहित तयारीमा नेपालमा सनलङ इलेक्ट्रिक कार्गो पिकअप सार्वजनिक टेलिकमद्वारा कालिकोटदेखि मुगु सदरमुकामसम्म अप्टिकल फाइबर विस्तार डिजिटल नेपाल फ्रेमवर्क २.० सार्वजनिक, सरकारद्वारा सात दिनभित्र सुझाव माग मुख्य न्यायाधिवक्तालाई पेसी सूचना पठाउने अनलाइन प्रणाली सुरु सामसुङका सहायक सीईओ हान जोङ-ही हृदयघातका कारण निधन नेपालमा हुन्डाई क्रेटा ईभी र स्थानिय उत्पादन क्रेटा आईस सार्वजनिक नेपालमा पहिलो १००% विद्युतीय पिकअप ‘Riddara’ छिट्टै सार्वजनिक स्मार्टफोन आयातमा वृद्धि, आठ महिनामा २१ अर्ब नाघ्यो ट्विटरको ऐतिहासिक ब्लू बर्ड लोगो ३४ हजार डलरमा बिक्री
अपडेट

अनलाइन कक्षा प्रभावकारी नहुँदा कक्षा १२ को नतिजा खस्किएको शिक्षाविद्को मत

अनलाइन कक्षा प्रभावकारी नहुँदा कक्षा १२ को नतिजा खस्किएको शिक्षाविद्को मत
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 4 मिनेट

२० भदाै, काठमाडाैँ । राष्ट्रिय परीक्षाबोर्डले यहीँ १७ गते कक्षा १२ को सार्वजनिक गरेको परीक्षाफलको नतिजा सन्तोषजनक नदेखिएपछि समग्र विद्यालयस्तरको शैक्षिक अवस्थाका बारमा छलफल सुरु भएको छ । कक्षा १२ को नतिजा आउँदा ५० प्रतिशतभन्दा बढी विद्यार्थी अनुतीर्ण भएपछि विद्यालय तहकै पाठ्यक्रम, कक्षा भार, शिक्षण सिकाइदेखि सरकारको लगानीमासमेत सरोकारवाला व्यक्तिको चासो बढेको हो । बोर्डका अनुसार कक्षा १२ को नतिजामा एक लाख अठासी हजार चार सय १० जना अर्थात कूल परीक्षार्थीको ५१दशमलव ९० प्रतिशत नन ग्रेडेड अर्थात अनुतीर्णमा परेका छन् ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार परीक्षामा नियमिततर्फ तीन लाख ६३ हजार आठ, ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ तीन हजार एक सय ३२ गरी कूल तीन लाख ९६ हजार एक सय ८५ विद्यार्थीले परीक्षा दिएका थिए । लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अङ्क र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङ्क ल्याउन नसक्नेको प्रमाणपत्रमा एनजी (नन ग्रेडिड) लेखिने छ ।

बोर्डका अध्यक्ष डा शर्मा भन्छन्, “यसवर्ष एक लाख अठासी हजार चार सय १० विद्यार्थी नन ग्रेडेङमा परेका छन् । तीमध्ये दुई विषयमा निर्धारित प्रतिशतभन्दा कम ल्याउने एक लाख तीस हजार आठ सय ७८ विद्यार्थीले मात्रै ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउँछन् । तर दुई भन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका सन्ताउन्न हजार पाँच सय ३२ जना विद्यार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्छ ।”

ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको नतिजा अक्षराङ्कन पद्धतिअनुसार नतिजा प्रकाशन गरिएको छ । जसअनुसार आंशिकतर्फ तीन हजार एक सय ३२ जनाले परीक्षा दिएकामा एक हजार दुई सय ८८ जना ४१दशमलव१२ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । विसं२०७८ मा सार्वजनिक भएको नतिजामा सात हजार ६३ विद्यार्थीले तीन दशमलव छ जीपीए कटाएका थिए ।

कोभिड–१९ को तस्रो लहरका कारण २०७७ सालको परीक्षा होम सेन्टरमा सञ्चालन भएको थियो भने २०७८ मा बोर्डले केन्द्र तोकेर विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्दा चार हजार एक सय ७९ विद्यार्थीले मात्रै तीन दशमलव ६१ देखि चारजीपीए ल्याएका थिए ।

यसबारेमा बोर्डका अध्यक्ष डा शर्मा समग्रमा नतिजा खस्किएको देखिए पनि नतिजाले विगतको ट्रेन्डलाई पछ्याएको बताउँछन् । अहिलेको नतिजाले सन्तोष मान्ने ठाउँ नभएकाले शैक्षिक गुणस्तर उकास्न सबै तहबाट मेहनत गर्नुपर्ने आवश्यकता खड्किएको उनि जानकारी दिन्छन् । यसवर्ष विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरिएकाले पनि आएको नतिजालाई अन्यथा लिनुपर्ने अवस्था नरहेको अध्यक्ष शर्मा बताउँछन् ।

शिक्षाविद् विद्यानाथ कोइराला प्रमुख तीन कारणले नतिजा खस्किएको बताउँछन् । उनि भन्छन्, “सानैदेखि उदार कक्षोन्नतिको प्रवृत्ति गलत छ, तलैबाट कमजोर विद्यार्थीलाई पनि माथि लगियो त्यसको नतिजा अहिले आएर देखियो ।”लेटर ग्रेडिङले पनि विद्यार्थीको सिकाइमा असर पारेको उनको भनाइ छ । लेटर ग्रेडिङले कक्षामा फेल होइदैन भन्ने गलत मानिसिकता विद्यार्थीमा पर्नु र यसमा शिक्षक तथा विद्यार्थी दुबैको गलत बुझाइले प्रभावकारी शिक्षण सिकाइ नहुँदा समस्या आएको उनको भनाइ छ ।

पछिल्लो समय पढेर के हुन्छ र ? भन्ने मानसिकता विद्यार्थीमा पर्यो र भविष्यको आशा बनेन अनि विद्यार्थीमा पढ्ने रहरनै जागेन भन्ने उनको धारणा छ । प्रविधि र किताबको फरकले पनि नतिजामा समस्या आएको बताउँदै शिक्षाविद् कोइराला भन्छन्, “कक्षामा पढाउने कला र विद्यार्थीमा पढ्ने कला नै मिलेन, शिक्षक किताब पढाउने तर विद्यार्थी प्रविधिमैत्री हुँदै प्रविधिबाट सिकाइ गर्न चाहने यो भिन्नताले पनि शिक्षण सिकाइमा समस्या आयो । विद्यार्थीलाई त्यहीँ अन्याय भयो, प्रविधिमय सिकाइ हुनु आवश्यक छ ।” अङ्ग्रेजी र गणितमै धेरै विद्यार्थी फेल हुनु चिन्ताको विषय रहेको भन्दै उनि शिक्षकमा त्यहीँ अनुसारको तयारी गर्न नसक्नु पनि कमजोरी रहेको औल्याउँछन् । “एकथरी पढिखाने र एक थरी गरिखाने विद्यार्थी छन्, गरिखानेलाई सीप र प्रविधिसँग गरिखाने शिक्षा चाहिएको छ, त्यसैले अब पढाइ र गराइलाई जोडेर लानुपर्ने आवश्यकता छ ।” –शिक्षाविद् कोइराला भन्छन् ।

नेपाल अभिभावक महासङ्घका केन्द्रीय अध्यक्ष सुप्रभात भण्डारी कक्षा १२ को नतिजामा करिब ५१ प्रतिशत विद्यार्थी अनुत्रीर्ण हुनु भनेको दुःखद र शैक्षिक गुणस्तर सन्तोषजनक नरहेको प्रष्ट भएको गुनासो गर्छन् ।

उाि भन्छन्, “अहिले कक्षा कोठाको शिक्षण सिकाइ नै कमजोर देखिन्छ, गुणस्तरीय शिक्षणमा शिक्षकको कमजोरी केलाउनु आवश्यक छ, विद्यालयको तलदेखिकै जग कमजोर बन्दै गएको छ, पाठ्यक्रमले पनि यसमा भूमिका खेलिरहेको हुन्छ । यो नतिजाले त शिक्षक अब्बल भएनन् भनेर पनि प्रश्न चिन्ह खडा भएको छ । ” दुईवर्ष कोभिडका कारण अनलाइन कक्षा र पढाइ प्रभावकारी हुन नसक्नु नतिजा खस्कनुको एउटा कारण रहेको भन्दै अध्यक्ष भण्डारी यसैलाई दोष दिएर पन्छिने ठाउँ भने नभएको बताउँछन् । कक्षामा नियमित सिकाइ भएको छ कि छैन, गुणस्तीय शिक्षा छ कि छैन, शिक्षक अब्बल छन् कि छैनन्, पाठ्यक्रम निर्धारण लागू गर्न कमी कमजोरी पनि रहेका छन् कि ? यसको खोजी आवश्यक रहेको उनको भनाइ छ ।

उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) का केन्द्रीय कोषाध्यक्ष वीरेन्द्र जयना कोरोना महामारीले दुईवर्ष भएको लकडाउनका कारण शिक्षण सिकाइ प्रभावकारी बन्न नसक्दा नतिजा खस्किएको बताउँछन् । उनि भन्छन्, “दुई वर्ष लकडाउन भयो, त्यतिबेला एसइई दिनेको नतिजा पनि राम्रो आएन, अनलाइन कक्षाको भरमा कक्षा ११ पढ्नु पर्यो, विषयगत शिक्षकको अभाव, पढ्ने पढाउने वातावरण नहुनु, काठमाडौँ उपत्यकाका अधिकांश विद्यालयमा पढ्ने विद्यार्थी आधाभन्दा बढी गाउँ फर्कनु, गाउँमा अनलाइन कक्षासमेत लिन नपाइनु, अनि नतिजा कसरी राम्रो आउँछ र ?”

अनलाइन कक्षामा पनि सबैसँग ल्यापटप तथा मोबाइलको पहुँच नहुँदा र गाउँ फर्किएका विद्यार्थीले अनलाइन कक्षा पनि लिन नसक्दा सामुदायिक विद्यालयको नतिजा अझै खस्किएको हुनसक्ने कोषाध्यक्ष जयनाको भनाइ छ । अहिलेको नतिजाले राज्यकै लगानी, अभिभावकको लगानी र स्वयं विद्यार्थीको भविष्यमा पनि प्रश्न चिन्ह खडा भएको उनि बताउँछन् ।

कोषाध्यक्ष जयना अनिवार्य पाँच वटा विषय रहेकोमा लकडाउनकै बेलामा नयाँ एक विषयको पाठ्यक्रम थपेर छ विषयलाई अनिवार्य गर्नु तर त्यसको तयारी कक्षाको सिकाइको तयारी नगर्नु, विषय शिक्षकको अभाव हुनुले पनि नतिजालाई असर पारेको बताउँछन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष दीपीका थापा रिमाल नतिजा सन्तोषजनक नहुनमा लकडाउन मुख्य कारण भएको बताउँछिन् ।

अनलाइन कक्षा स्कुलदेखिनै प्रभावकारी नहुनु, अनलाइनका लागि प्रविधि सबैसँग नहुनु र विद्यार्थी अनलाइन कक्षामै नबसिदिने, सबै कक्षाभार सिध्याउन नसक्ने समस्या रहेकाले शिक्षण सिकाइ नै प्रभावकारी नभएर नतिजालाई असर गरेको उनको भनाइ छ ।

पाठ्यपुस्तक सजह उपलब्ध नहुनु र कतिपय पढाइ नै नभएका पाठबाट प्रश्न आएको गुनासो विद्यार्थीबाट आउनुले पनि समस्या छ भन्ने देखाएको प्याब्सन उपाध्यक्ष थापा बताउँछिन् । कक्षा १२ मा यस वर्षको नतिजामा चार हजार एक हजार ७९ जनाले तीन दशमलव ६१ देखि चार जिपिए, ३० हजार एक सय सात जनाले तीन दशमलव २१ देखि तीन दशमलव ६० जिपिए, ६५ हजार दुई सय ८४ जनाले दुई दशमलव ८१ देखि तीन दशमलव २० जिपिए, ६४ हजार ९३ जनाले दुई दशमलव ४१ देखि दुई दशमलव ८० जिपिए, १० हजार ९०० जनाले दुई दशमलव ०१ देखि दुई दशमलव ४० जिपिए र ३५ जनाले एक दशमलव ६१ देखि २ जिपिए ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?