Trending:

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ – प्रविधिमन्त्री रेखा शर्मा नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ: रेखा शर्मा आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने
अपडेट

प्रविधिले ओझेलमा हुलाक सेवा

२१ भाद्र २०७९, मंगलवार १०:१७

२१ भदाै, कञ्चनपुर। गाउँमा हुलाकी देखेपछि कसको खबर आयो, कसैको चिठ्ठीपत्र आयो कि भनेर कौतुहलता हुने गर्दथ्यो। पछिल्लो समय सूचना प्रविधिमा आएको विकाससँगै हुलाक सेवा ओझेलमा परेको छ । हुलाकमार्फत चिठ्ठीपत्र पठाउँदा समय धेरै लाग्ने र मोबाइल, टेलिफोन, इन्टरनेटको प्रयोगबाट पठाउन खोजेको सन्देश क्षणभरमै पुग्ने भएकाले हुलाक सेवा ओझेलमा पर्दै गएको हो ।

कञ्चनपुरको बेदकोट नगरपालिका–७ का ५६ वर्षीय परमानन्द भट्टले हुलाक सेवा प्रयोग नगरेको डेढ दशक भइसक्यो । विसं २०६० तिर भारतमा रहेका छोराको चिठ्ठी पाएको उनी सम्झिन्छन् । “विसं २०५४ को अन्त्यतिर छोरा रोजगारीका लागि भारत गयो, यसको करिब डेढ वर्षपछि मुम्बै पुगेको चिठ्ठी आयो”, उनले विगत सम्झिँदै भने, “त्यो बेलाको कुरा गर्दा त अहिले कहानीजस्तो लाग्छ ।” उनले त्यो बेला हुलाकी गाउँमा देखिँदा कसको के खबर आयो भनेर सोध्ने गरिन्थ्यो । “छोरा पुगेको खबर डेढ वर्षपछि आयो, रोजगारी लागेको खबर त चार वर्षपछि आएको हो”, उनले भने, “अहिले त मिनेट–मिनेटमा कुरा हुन्छ, जमाना कहाँ पुगिसक्यो ।”

तत्कालीन समयमा चिठ्ठी आएपछि गाउँले सबै भेला भएर जान्ने एक जनाले बाचन गर्ने र अरुले सुन्ने गर्थे । “अहिले त सबै पढेलेखेका छन्, त्यो बेला चिठ्ठी पढ्ने मान्छे पनि खोज्नुपथ्र्यो”, उनले भने, “देश–विदेशमा गएका छोरा र आफन्तको खबर आउने माध्यम भनेकै चिठ्ठीपत्र थियो ।”

पछिल्लो समयमा प्रविधिको बढ्दो प्रयोगले आफन्त वा साथीलाई सन्देश पठाउन सर्वसाधारणले मोबाइल, टेलिफोन, इन्टरनेट, सामाजिक सञ्जाल प्रयोग गर्ने गरेका छन् । सूचना प्रविधिमा आएको तीव्र विकासले मानव जीवनलाई नै परिवर्तन गरिदिएको छ । अन्य मुलुकको तुलनामा नेपालमा सुस्त गतिले भए पनि सूचना प्रविधिले फड्को मारेको भीमदत्त नगरपालिका–१५ का विष्णुदत्त जोशीले बताए ।

“अहिलेको इन्टरनेट, इमेलको युग छ, यसले चिठ्ठीपत्रको सञ्चारलाई ओझेलमा पारेको छ”, उनले भने, “अब हुलाकलाई ई–सञ्चार केन्द्रका रूपमा विकास गरिनुपर्छ ।” उनले प्रविधिमा नागरिकको पहुँच बढ्दै गएकाले हुलाक सेवालाई पनि जीवन्त राख्न ग्रामीण क्षेत्रमा बैंकिङ सेवा विस्तार गर्न सकिने बताए । “हुलाकलाई विदेशको खबर होइन विदेशको पैसा बोक्ने विश्वासिलो माध्यम बनाउनुपर्छ”, उनले भने, “ग्रामीण क्षेत्रमा पहुँच नभएकाहरूले पनि सुविधा लिन सकुन् ।”

विसं २०५० मा मर्कन्टाइल कम्पनीले नेपालमा पहिलोपटक इन्टरनेट सेवा सुरु गरेको बताइएको छ । जिल्ला हुलाक कार्यालय कञ्चनपुरका सूचना अधिकारी देवसिंह सामन्तले पछिल्लो एक दशकयता व्यक्तिगत चिठ्ठी आउन छाडेको बताए । “सरकारी कार्यालयका चिठ्ठी मात्रै आउँछन्, अहिले इमेललाई पनि मान्यता दिएपछि त्यो पनि कम हुँदै गएको छ”, उनले भने, “महत्वपूर्ण कागजात पठाउन त अझै हुलाककै प्रयोग गर्छन् ।”

प्रविधिको विकासले चिठ्ठीपत्र आदाप्रदान गर्ने चलन हराउँदै गएकाले हुलाक सेवा प्रयोग गर्नेहरूको सङ्ख्या न्यून भएको सूचना अधिकारी सामन्तको भनाइ छ । “यसमा जनशक्ति बढी छ, सरकारलाई उपलब्धि केही छैन”, उनले भन, “यो जनताको सेवाका लागि मात्रै हो ।” तर राजस्व सङ्कलनमा भने कमी नआएको उनले बताए। “अहिले दैनिक रु आठदेखि १२ हजारसम्म टिकट बिक्री हुन्छ”, उनले भने, “विशेषगरी लेखनदासहरूले बढी टिकट लग्ने गरेका छन् ।”

सरकारी कामकाजका चिठ्ठी, पत्रपत्रिका आदाप्रदान, हुलाक टिकट बिक्री र कहिलेकाहीँ बैंकबाट ऋण लगेर भाका नाघेका व्यक्तिलाई चिठ्ठी पठाउनेलगायत काम मात्रै हुने गरेको उनले बताए । गत वर्षदेखि सूचना तथा सञ्चार मन्त्रालयले पत्रपत्रिका, रेडियो, टेलिभिजनको इजाजतपत्र नवीकरण र स्थानीयस्तरमा दर्ता गर्ने अधिकार दिएको सूचना अधिकारी सामन्तले बताए ।

कार्यालयमा सरकारी चिठ्ठी र केही व्यक्तिको महत्वपूर्ण कागजातलगायतका ५०–६० वटा चिठ्ठीपत्र दैनिक आउने गरेको हुलाक कार्यालयले जनाएको छ । कञ्चनपुरमा जिल्ला हुलाक, इलाका हुलाक र १२ अतिरिक्त हुलाक कार्यालय छन् । यी सबै कार्यालयमा एक सय चार कर्मचारी कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?