२१ भदाै, एजेन्सी। बालबालिकाको गोपनीयता उल्लङ्घन गरेको आरोपमा आयरल्याण्डका नियामकहरूले इन्स्टाग्रामलाई ४०५ मिलियन युरो जरिवाना तिराएका छन् ।
लामो समयदेखि चलिरहेको गुनासो बालबालिकाको डाटासँग सम्बन्धित भएको बताइएको छ। इन्स्टाग्राममार्फत बालबालिकाहरूको उनीहरूको फोन नम्बर र इमेल सार्वजनिक भएको आरोप लगाइएको छ।
इन्स्टाग्रामका केही प्रोफाइलहरूमा एनालिटिक्स टुल प्रयोग गरेर बिजनेस अकाउन्टमा अपग्रेड गरिएको बताइएको छ। यो क्रममा इन्टाग्रामले गोपनियताको ख्याल नगरेको आरोप छ।
इन्स्टाग्रामको मालिक कम्पनी मेटा यो निर्णय विरुद्ध अपील गर्ने योजना बनाएको बताएको छ। आयरल्याण्ड नियामकले इन्स्टाग्रामलाई तिराएको यो तेस्रो जरिवाना हो।