२१ भदाै, काठमाडाैँ । त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड पुन: सुचारू भएको छ।
काठमाडाैँ महानगरपालिकाले बन्द गराएता पनि उच्च अदालत पाटनले उक्त बोर्ड हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएपछि डिजिटल बोर्ड पुनः सुचारू भएको हो।
महानगरले अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको पाइएपछि बन्द गराएको थियो।
शकुन्तलाल हिराचनले आफूसँग गरेको सम्झौता विपरीत महानगरले होर्डिङ बोर्ड हटाउने निर्णय बदर गर्न माग गर्दै दिएको रिटमा न्यायाधीश श्यामजी प्रधानको इजलासले बुधबार दुवै पक्षलाई उपस्थित हुन भनेको छ।
अब रिट निवेदक र महानगर दुवै पक्षको बहस सुनेर यो विषयमा अन्तरिम आदेश हुने वा नहुने निर्णय गर्ने जनाइएको छ।