२२ भदाै, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा कलाकार अपूर्व क्षितिज सिंहलाई रिहाइ गर्न माग गरिएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले कलाकार अपूर्व क्षितिज सिंहले व्यंग गरेर आफ्नो कला प्रस्तुत गरेबापत जेल जानुपरेको उल्लेख गरे ।
हास्यकला प्रस्तुत गर्दा कसैलाई मर्का पर्नसक्छ, त्यसैका आधारमा पक्राउ गर्न नमिल्ने बताउँदै उनले सिंहलाई तत्काल रिहाइ गर्न माग गरे ।
नेवार समुदायको संस्कृतिमाथि व्यंग्य गरेको भन्दै उनीमाथि उजुरी परेको थियो। भदाै १२ गते जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको बताएको छ।
अहिले उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।
उनले कमेडी क्याफे नामक युट्युब च्यानलमार्फत अपलोड गरिएको भिडियोमा उनले नेवार संस्कृति र लवजमाथि कमेडी गरेका थिए।