© 2021-2024
२३ भदाै, जनकपुर। जनकपुरधाममा स्थानीय युवाहरूले टिकटक बन्द गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन्।
युवाहरूले संघर्ष समिति नै बनाएर टिकटकमा अश्लीलता प्रदर्शन हुने र संस्कृति बिग्रिरहेको भन्दै बन्द गर्नुपर्ने माग सहित प्रदर्शन गरेका हुन्।
युवाहरूले बिहीबार जनकचोकमा प्रदर्शन गरेका थिए। टिकटक बन्द गर्नुपर्ने, टिकटकमा अश्लिल भिडियो बनाउनेलाई कारबाही गर्नु पर्ने जस्ता माग उनीहरूले राखेका थिए।
‘टिकटकलाई बन्द गर,’ ‘टिकटक भगाउ, आफ्नो देश बचाउ’लगायतका नारा लेखिएको प्लेकार्ड प्रदर्शनमा सहभागीहरूले बोकेका थिए।
यसअघि युवाहरूले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र स्थानीय सरकारलाई टिकटक बन्द गर्नुपर्ने माग सहित ज्ञापनपत्र बुझाएका थिए।