२३ भदाै, काठमाडाैँ। हास्यकलाकार अपूर्व क्षितिज सिंह रिहा भएका छन्। १२ भदौमा पक्राउमा परेका उनलाई हाजिर जमानीमा रिहा गरिएको हो।
जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो। कोरोना संक्रमणका कारण पछि हाजिर गराउने गरी उनलाई जमानीमा रिहा गरिएको जानकारी दिइएको छ।
बुधबार मात्रै उनलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको थियो।
उनले कमेडी क्याफे नामक युट्युब च्यानलमार्फत अपलोड गरिएको भिडियोमा उनले नेवार संस्कृति र लवजमाथि कमेडी गरेका थिए। विभिन्न कलाकारहरूले उनको रिहाइको माग गरिरहेका थिए।
नेवा समुदायको आस्थामाथि चोट पुर्याउने गरी व्यंग्य गरेको भन्दै उनीविरूद्ध प्रहरीमा उजुरी परेको छ । सोहीआधारमा उनलाई पक्राउ गरेको हो ।