Trending:

बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ?
अपडेट

वाणी–बङ्क बजारमा सडक बत्तीसँगै सिसिटिभी क्यामेरा

वाणी–बङ्क बजारमा सडक बत्तीसँगै सिसिटिभी क्यामेरा
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२५ भदाै, कञ्चनपुर। कृष्णपुर नगरपालिका– २ वाणी र बङ्क बजारमा सडक बत्ती जडान गर्न थालिएको छ । बजार क्षेत्रमा जडान भई बिग्रिएका सौर्य बत्ती मर्मतसँगै नयाँ सेन्सरयुक्त सडक बत्ती जडान गर्न थालिएको हो। “बजार क्षेत्रमा रहेका सातभन्दा बढी सौर्य बत्ती बिग्रिएको अवस्थामा थिए”, वडाध्यक्ष अर्जुन साउँदले भने, “बिग्रिएका बत्ती मर्मत गरिरहेका छौँ, बजार क्षेत्रसँगै ग्रामीण क्षेत्रमा जाने सडकका मुख्य चोकमा सेन्सरयुक्त बत्ती जडानको कार्य अगाडि बढाएका छौँ ।” वडाको पूर्वपश्चिम राजमार्गसँग जोडिएका क्षेत्रमा बत्ती जडान गरिएको उनले जानकारी दिए । “बजार क्षेत्रमा सडक बत्ती नहुँदा सडक दुर्घटनाका बढ्दै गएका थिए, चोरीलगायत अवाञ्छित कार्यहरुसमेत भएका थिए, ती कार्य रोक्नका लागि बत्ती जडानमा जोड दिएका छौँ”, उनले भने, “बत्तीको व्यवस्थाले बजार क्षेत्रमा रातिका बेला स्थानीय बासिन्दालाई निर्धक्कसँग हिँड्डुल गर्न सहज हुन्छ ।”

आवश्यकता र मागका आधारमा वडाको ग्रामीण क्षेत्र र बजार क्षेत्रमा नयाँ सौर्य बत्तीसँगै सडक बत्ती जोड्ने कार्यक्रम रहेको उनले जानकारी दिए । बजार क्षेत्रमा मात्रै एक सय ५० वटा सेन्सरयुक्त बत्ती जडान गर्ने योजना रहेको छ ।

वाणी र बङ्क बजारमा आपराधिक गतिविधि नियन्त्रणका लागि २० वटा सिसिटिभी क्यामेरा जडान गर्न लागिएको छ । आपराधिक गतिविधि हुन सक्ने सम्भावित क्षेत्र, बढी दुर्घटना हुने संवेदनशील क्षेत्र र ट्राफिकको समस्या हुने सडक क्षेत्रमा सिसिटिभी क्यामेरा जडान भइरहेको वडाध्यक्ष साउदले बताउनुभयो । बजार क्षेत्रमा जडान भइरहेको सिसिटिभी क्यामेराको कन्ट्रोल कक्ष अस्थायी प्रहरी पोष्ट वाणीमा राखिएको छ ।

सडक बत्ती र सिसिटिभी क्यामेरा जडानका लागि नगरपालिका र वडा कार्यालयले आवश्यक बजेटको व्यवस्था गरेको छ । दुवै बजार व्यवस्थापन समितिले सो कार्यका लागि समन्वय गरेका छन् । यसअघि वाणी बजारमा रहेका अव्यवस्थित खोपा छाप्रालाई हटाई बजार क्षेत्रमा सरसफाइ गरिएको थियो । सडक छोपिने गरी राखिएका खोका छाप्रा हटाइएपछि सडक दुर्घटना हुने क्रममा कमी आउनाका साथै बजारको सौन्दर्यमा टेवा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?