Trending:

डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट
अपडेट

मगरदाङमा विद्युतीकरण, अब सञ्चारमा सहज हुने

मगरदाङमा विद्युतीकरण, अब सञ्चारमा सहज हुने
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२६ भदाै, म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले मगरदाङका चार सय १५ घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तार गरिएको हो ।

प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्राविधिक प्रमुख शिवराज पौडेलले दुई सय केभिए क्षमताको ट्रान्सफर्मरमार्फत मगरदाङमा विद्युतीकरण गरिएको जानकारी दिए ।

‘मुख्य, शाखा लाइन, ट्रान्सफर्मरलगायतका संरचना निर्माण तथा जडान गरेर भदौ २५ गतेदेखि विद्युत् सेवा वितरण थालिएको छ’, उनले भने, ‘मगरदाङमा विद्युत् विस्तार गर्न सङ्घीय सरकारको करिब दुई करोड ५० लाख रुपैयाँ लगानी भएको छ ।’

मगरदाङका बासिन्दा रातिका समयमा उज्यालोका लागि लघु जलविद्युत्मा निर्भर रहेका थिए । विसं २०७७ मा दाङखोलामा आएको बाढीले २५ किलोवाट क्षमताको मगरदाङडाँडागाउँ–आशाटोल लघुजलविद्युत् परियोजनाको विद्युत्गृह, नहर र जेनेरेटरमा क्षति पुर्याएपछि त्यस क्षेत्रका स्थानीय विद्युत् सेवाबाट वञ्चित रहनुपरेको थियो ।

मालिका गाउँपालिका–५ का वडाध्यक्ष मीम पुनले केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवासुविधा विस्तार भएपछि दैनिक घरायसी काम, विद्यार्थीलाई पठनपाठन गर्न र उद्योग व्यवसाय सञ्चालन गर्न सहज भएको बताए ।

‘वडाको गर्जरा, रुन्मामा यसअघि नै विद्युतीकरण भएको थियो’, उनले भने, ‘घरथोक, पन्थोक, जुग्जा र छुटेका बस्तीमा चालु आर्थिक वर्षभित्रमा विद्युत् सेवा विस्तार गर्ने तयारी भएको छ ।

विद्युत् सेवा विस्तारसँगै फर्निचर, पाउरोटी उद्योग, विद्यालयमा कम्प्युटर विषयको पठनपाठन, वडा र अन्य कार्यालयको प्रशासनिक काम सहज भएको छ ।

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरणकेन्द्रअन्तर्गत २१ घरमा विद्युत् सुविधा विस्तार भएको छ । केन्द्रका प्रमुख प्रशान्त झाले गत आर्थिक वर्षमा थप ११ किलोमिटर ११ केभी र चार सय/दुई सय भोल्टेजको ९५ किलोमिटर शाखा लाइन विस्तार भएको बताए ।

चालु आर्थिक वर्षमा मालिकाको रुम, स्याउलुङ, औल, रघुगङ्गाको पात्लेखर्क, धवलागिरिको मराङ, अन्नपूर्णको दोवामा छुटेका बस्तीमा लाइन विस्तार र विद्युत् आपूर्ति सुधार गर्न नयाँ ट्रान्सफर्मर राख्ने योजना छ । पर्वतको जलजला गाउँपालिकाको मल्लाज, बारीबेनी क्षेत्रमा पनि म्याग्दी वितरण केन्द्रअन्तरगतको मिलनचोक सवस्टेशनमार्फत विद्युत् वितरण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?