२६ भदाै, चितवन। विद्यालयको गेटमा स्क्यानिङ मेसिन जडान गरिएको छ।
विद्यार्थी उपस्थित भए/नभएको जानकारी अभिभावकलाई दिन चितवनको भरतपुर महानगरपालिका–१० मा रहेको नारायणी नमुना माध्यमिक विद्यालयले गेटमै परिचयपत्र स्क्यानिङ मेसिन जडान गरेको हो।
आइतबारदेखि विद्यालयले मेसिनको परिक्षण गरिएको छ। उक्त विद्यालयमा जडान गरिएको मेसिनले बाल कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीको परिचयपत्र स्क्यानिङ गरेर विद्यार्थी गएको म्यासेज अभिभावकको मोबाइलमा पठाउने गर्दछ।
मेसिनले विद्यार्थी विद्यालय प्रवेश गरेको र निस्किएको जानकारी अभिभावकलाई म्यासेजमार्फत दिनेछ। विद्यार्थीको परिचयपत्रमा चिप्स जडान गरिएको र सोही चिप्सको माध्यमबाट म्यासेजिङको काम हुने बताइएको छ।
उक्त विद्यालयमा करीब ३५ सय विद्यार्थी अध्ययनरत छन्। विद्यालयले परिचयपत्र र म्यासेज शुल्क सहित प्रतिविद्यार्थी ३ सय ५० रुपैयाँ लाग्ने बताएको छ। यो शुल्क तिर्न अभिभावक समहत भएको विद्यालयको दाबी छ।