२७ भदाै, विराटनगर। १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरलाई विद्युतीय टेम्पो हस्तान्तरण गरिएको छ। इटहरीमा रहेको बजाज सोरुमले प्रहरी कार्यालय विराटनगरलाई ९ सिट क्षमताको एउटा विद्युतीय टेम्पो हस्तान्तरण गरेको हो।
समुदाय-प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप शुक्रबार आयोजित कार्यक्रमबीच बजाज सोरुमका प्रवन्धक प्रदिप सन्थालियाले विद्युतीय टेम्पो १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीलाई हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गिरीले उक्त विद्युतिय अटो टेम्पो विशेष गरी आत्महत्या रोकथाम तथा न्यूनिकरण अभियान एवम् प्रहरी गस्ती पेट्रोलिङको लागि परिचालन हुने उल्लेख गरे ।
कार्यक्रममा बजाज सोरुमका प्रबन्धक सन्थालियाले प्रहरी नागरिकको निम्ति अहोरात्र खटि रहेको चर्चा गर्दै आगामी दिनहरुमा समेत प्रहरीलाई आवश्यक सहयोग गर्दै जाने बताए ।