Trending:

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ – प्रविधिमन्त्री रेखा शर्मा नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ: रेखा शर्मा आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने
अपडेट

सामाजिक सञ्जालमा ‘बच्चा चोर’ अफवाह : विद्यालय जानै डराउन थाले बालबालिका

२९ भाद्र २०७९, बुधबार १०:१५

२९ भदाै, काठमाडाैँ । गत आइतबार रुपन्देहीको तिलोत्तमामा ‘बच्चा चोर’ फेला परेको जनाउँदै केही तस्वीर र भिडियो सार्वजनिक भयो । चाउमिन खुवाउने बहानामा बालिकालाई भगाउन खोजेको भन्दै स्थानीयले एक महिलालाई नियन्त्रणमा लिए ।

यो दृश्य केही फेसबुक पेजबाट सेयर भएपछि हेर्ने र सेयर गर्ने काम भयो । केहीबेरमै भिडियो भाइरल बन्यो । जिल्लामा बालबालिका चोरको हल्ला निकै फैलियो ।

मङ्गलापुरमा साँझ एक अपरिचित महिलाले एक बच्चा झाडीको बाटो लगिरहेको देखेर रोकेर सोधपुछ गर्दा भाग्न खोजेको र तुरुन्त मङ्गलापुर पुलिसलाई खबर गरी पक्राउ गरेको भनी गलत हल्ला फिँजाइयो । प्रहरीले सोधपुछ गर्दा यो घटना गलत भएको पुष्टि भयो ।

भारतीय महिलाले चोरेर लैजाँदै गरेको भनी गलत प्रचार गरेको यो घटना प्रहरीले आफन्तलाई सोधपुछ गर्दा बालिका उनैको छोरी भएको प्रमाणित भयो । बच्च चोरी गरी हिँडेको भन्ने आरोप लगाइएकी महिला पाल्पा तानसेन नगरपालिका–७ लामीडाँडा बस्ने ज्योति रञ्जन हुन् । यसमा देखिएकी पाँच वर्षकी बालिका ज्योतिकै छोरी रहेको आफन्तले प्रमाणित गरेपछि प्रहरीले परिवारको जिम्मा लगाएको थियो ।

भारत माइती भएकी ज्योतिलाई नेपाली भाषा राम्रोसँग बोल्न नआउने भएकाले अरुको बच्चा अपहरण गरेर भारत लैजान लागेको आरोप स्थानीयले लगाएका थिए । तर प्रहरीले अनुसन्धानपछि उनीहरूलाई छाडेको जनाएको छ ।

यसैगरी बुटवलमा केही दिनअघि योगी भोलानाथ भट्टराईलाई आफ्ना नातिसँग हिँडिरहेका बेला बुटवलमै स्थानीयले बच्चा चोर भन्दै घेरा हाले । बच्चा चोरेको आरोप लगाउँदै भट्टराईलाई प्रहरीमा बुझाए । प्रहरीले सोधपुछ गर्ने क्रममा हजुरबुवा र नाति भन्ने खुलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसी बताउँछन् । सोधपुछपछि दुवै जनालाई परिवारको जिम्मा लगाइएको उनको भनाइ छ ।

बच्चा चोरको अनावश्यक हल्लाले समाजमा एकले अर्कोलाई हेर्न दृष्टिकोण फेरिएको छ । बजारमा नयाँ मानिस बालबालिकासँग देख्नेबित्तिकै चोरको आशङ्का गर्ने र अनावश्यक तनाव दिने काम भएको प्रहरीको भनाइ छ ।

अहिले सामाजिक सञ्जालमा ‘बच्चा चोर’को अनावश्यक हल्ला फिँजाइएकाले बालबालिकामा समेत यसको नकारात्मक प्रभाव परेको छ । “बच्चा चोरको हल्लाले मेरो छोरा विद्यालयबाट आउँदा हिजो निकै डराए । म घर बाहिर भएकाले एक्कासी रुँदै फोन ग¥यो”, सञ्चारकर्मी अस्मिना पाण्डे भन्नुहुन्छ, बाबु निकै डराएको रहेछ, पछि फोनमा धेरै बेर सम्झाएँ ।”

बच्चा चोरको हल्लाले बालबालिका विद्यालय जानसमेत डर मान्ने गरेका छन् । सामाजिक सञ्जालको हल्लाले बालबालिकामा मानसिक असर गर्ने भएकाले अभिभावकहरू सचेत हुनुपर्ने मनोविमर्शकर्ता सुष्मा अर्याल बताउँछन् । यो समयमा एकातिर अभिभावक पनि त्रसित हुने र बालबालिकालाई सचेत गराउन खोज्दा नकारात्मक असर पर्न जाने भएकाले यसमा घरपरिवार, समाज सबै सचेत बन्नुपर्र्नेे उनको भनाइ छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले समेत विज्ञप्ति जारी गर्दै बच्चा चोरीको सामाजिक सञ्जालमा फैलाइएको प्रचार भ्रामक भएको जानकारी गराएको छ । तर यस्ता भ्रामक सूचना र दृश्यले समाजमा त्रास उत्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सामाजिक सञ्जालमा उल्लेख भएको बच्चा चोरको हल्ला गलत भएको जनाएको छ ।

अहिलेसम्म कुनै पनि यस्ता घटनाका सम्बन्धमा उजुरी तथा निवेदन नपरेको र त्यस्तो कुनै पनि प्रकारको गतिविधि भएको नपाइएकाले हल्ला र अफवाहको पछि नलाग्न प्रहरीको अनुरोध छ । “अहिलेसम्म कुनै घटना भएको छैन । सामाजिक सञ्जालमा अफवाह फैलाउने काम भयो । यस्तो हल्लाको पछि नलागौँ”, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी श्यामु अर्याल भन्छन् ।

कतिपय व्यक्तिले अनावश्यक हल्ला तथा अफवाह फैलाएर मानिसमा डर, त्रास तथा आतङ्क सिर्जना गर्ने काम गरेका कारण यसका पछाडि नलाग्न उनको अनुरोध छ । बच्चा चोरको अनावश्यक हल्ला फैलिएपछि यस क्षेत्रका स्थानीय तहले समेत भ्रम नफैलाउन आग्रह गरेका छन् । बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शिक्षा विकास तथा समन्वय एकाइलगायत विभिन्न निकायले विज्ञप्तिमार्फत भ्रामक प्रचारमा विश्वास नगर्न आग्रह गरेका छन् ।

बुटवल उपमहानगरपालिका कार्यालयले विगत केही दिनदेखि सामाजिक सञ्जालमा व्यापकरूपमा फैलाइएको विद्यार्थी अपहरणसम्बन्धी दिग्भ्रमित गराउने खालका झुटा प्रचारलाई आधार मानी केही विद्यालयले समेत सूचना प्रकाशित गरेको हुँदा यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै सामाजिक सञ्जालमा उल्लेख भएझै उपमहानगरपालिकामा कुनै घटना जानकारीमा नआएको हुँदा त्यस्ता भ्रामक सूचना, तस्वीर र भिडियोको पछाडि नलाग्न सबैमा अनुरोध गरेको छ ।

त्यस्ता अपराधसम्बन्धी सूचना प्राप्त भएमा, जिल्ला प्रशासन कार्यालय रुपन्देही, नजिकको प्रहरी कार्यालय, वडा कार्यालय वा यस उपमहानगरपालिकामा जानकारी गराउनुहुनसमेत उपमहानगरले अनुरोध गरेको छ ।

यतिमात्रै होइन यस उपमहानगरपालिकाअन्तर्गतका विद्यालयले स्पष्ट आधार, प्रमाण र अनुमतिबिना अभिभावक तथा विद्यार्थीलाई दिग्भ्रमित गराउने सूचना सम्प्रेषण गरेको पाइएमा कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ । “बच्चा चोरको अफवाहले परिवार समाजमा नकारात्मक असर गरेका कारण उपमहानगरपालिकाले विज्ञप्तिमार्फत सचेत गराउने काम गरेको छ”, उपप्रमुख सावित्रादेवी अर्याल भन्नुहुन्छ, “सचेत बनाैँ तर शङ्काकै भरमा केही व्यक्तिमाथि आरोप नलगाऔँ ।”

त्यसो त प्रहरीका विभिन्न एकाइले पनि सूचनामार्फत गलत हल्लाका पछि नलाग्न अनुरोध गरेको छ । तर सामाजिक सञ्जालमा भ्रामक दृश्य राखेर सेयर गर्ने क्रम रोकिएको छैन । बच्चा चोरी भयो भनेर अभिनयसमेत गरेर सामाजिक सञ्जालमा राख्न थालेपछि प्रहरीले यस्ता गलत सूचना दिने सामग्री नराख्न र राखेको पाइएमा कारबाही गर्ने जनाएको छ ।

“सामाजिक सञ्जालमा गलत सूचना दिनेलाई प्रहरीले कारबाही गर्नुपर्छ, यस्ता गलत हल्लाले समाज अशान्त भयो । सबैभन्दा बढी बालबालिकामा नकारात्मक प्रभाव पर्यो यसले गर्दा बालबालिका विद्यालय जान पनि डराउन थाले”, अभिभावक रचना पाण्डे भन्छिन् । सचेत गराउने नाममा गलत सूचना दिएर भ्रम फैलाउने कार्य बन्द गर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?