२९ भदाै, एजेन्सी। ट्विटरले अदालतमा एलन मस्कलाई कम्पनी किन्न बाध्य पार्ने प्रयास गर्ने भएको छ।
ट्विटरका शेयरधनीहरूले मस्कसँगको ४४ अर्ब डलरको सम्झाैता अघि बढाउने पक्षमा मतदान गरेपछि मस्कलाई कम्पनी किन्न बाध्य पार्ने प्रयास गरिने भएको हो।
कम्पनीको सान फ्रान्सिस्को स्थित मुख्यालयका लगानीकर्ताहरूसँगको छोटो सम्मेलनमा यो निर्णय गरिएको बिबिसीमा उल्लेख गरिएको छ। अप्रिलमा ट्विटरले विश्वको सबैभन्दा धनी व्यक्ति एलोन मस्कलाई कम्पनी बेच्न सहमत भएको सम्झाैता गरेको थियो।
मस्कले प्लेटफर्ममा स्प्याम र बट खाताहरूको संख्याको बारेमा ट्विटरले भ्रमित गरेको आरोप लगाएपछि सम्झौता रोकिएको थियो।
गत मेमा मस्कले ट्विटर खरिद नगर्ने बताएका थिए। अहिले ट्विटरले मस्कविरूद्ध अदालतमा उजुरी दिएको छ। यसको सुनुवाइ अक्टोबरमा गरिने तय भएको छ।